बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

  • ई-गुनासो
  • / कभर स्टोरी /
  • २०८२ जेष्ठ १८, आईतबार (१ दिन अघि)
  • ४१ पटक पढिएको
बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

बारा ।

बारामा ८ वर्षीया बालिकाको सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। बाराको प्रसौनी गाउँपालिकाकी ८ वर्षीया बालिकामाथि जेठ १३ गते राति १० बजेतिर सामूहिक बलात्कार भएको भए पनि घटना अहिले मात्रै प्रकाशमा आएको हो।

उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको परिचय प्रहरीले खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटना १३ गते रातिको भए पनि घटनाबारे प्रहरीलाई जेठ १४ गते मात्रै खबर भएको बताए।

स्वास्थ्य परीक्षणबाट पीडित भनिएकी बालिकामाथि सामूहिक बलात्कार भएको पुष्टि भएको उनले बताए। पीडित बालिकालाई उनका अभिभावकले वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरेपछि उपचारका क्रममा बलात्कारको पुष्टि भएपछि मात्रै प्रहरीमा खबर गरिएको उनले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश