बारा,सिमरा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमरामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दादी प्रकाशमणिजीको १८औ पुण्य स्मृति दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा नौ जना महिला सहित एकसय १४ जनाले रक्तदान गरेको राजयोग सिमराले जनाएको छ ।
रक्तदान सहित कार्यक्रम दुई चरणमा राखिएको थियो। पहिलो चरणमा सभापति ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराकी सञ्चालिका ब्रह्माकुमारी मधु दिदी,प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी, राजस्व अनुसन्धान कार्यालय पथलैयाका कार्यालय प्रमुख हरिप्रसाद शर्मा उपमहानगरपालिकाका कार्यालय प्रमुख शान्तिराज प्रसाई सहभागि थिए । यस्तैगरी जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ सहित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु कार्यक्रमा उपस्थित रहेको थियो ।
प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारीले कार्यक्रमको सफलताको शुभकामना दिँदै रगतको अभावमा कसैले अकाल मृत्यु भोग्न नपरोस भन्ने मानविय सहयोग नै सबैभन्दा ठुलो धर्म भएको बताउनु भयो । ब्रह्माकुमारीले गरेको यस्तो किसिमको कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने कुरा पनि वहाँको भनाई थियो ।
सभापति ब्रह्माकुमारी मधु दिदीले सबैको साथ सहयोगले मात्रै कुनै पनि मानविय कार्य सफल हुने भन्दै सहभागिहरु धन्यवाद दिनु भयो । विश्व बन्धुत्व दिवसको अवसरमा राखिएको रक्तदान महा अभियान २०२५ ले सम्पूर्ण मानव जीवनको रक्षा गर्नेछ । सबै मानवमा नयाँ जीवन प्रदान गर्नेछ भन्ने आफ्नो आशिष वचन व्यक्त गर्नुभयो।
कार्यक्रमको दोस्रो चरणमा रक्तदान कार्यक्रम रहेको थियो । जसमा ११४ जना रक्तदाताहरूले रक्तदान गरेका छन्। कार्यक्रम सिमरा रेडक्रसका अध्यक्ष शिव शर्माद्वारा सिमरा सेवा केन्द्रलाई प्रमाणपत्र हस्तान्तरण समेत गर्नुभएको थियो ।