साना किसान सहकारी मनहर्वाको ३ महिने ब्युटी पार्लर तालिम सम्पन्न

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ भाद्र ४, बुधबार (६ घण्टा अघि)
  • १७८ पटक पढिएको
साना किसान सहकारी मनहर्वाको ३ महिने ब्युटी पार्लर तालिम सम्पन्न

मनहर्वा,बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्थाले संचालन गरेको ३ महिने सीपमुलक ब्युटि पार्लर तालिम सम्पन्न भएको छ ।

बुधबार सहकारीको सभाकक्षमा आयोजित तालिम समापन तथा प्रमाण पत्र वितरण कार्यक्रमको वडा नंं.१८ का अध्यक्ष चतुरबाबु वाग्लेले सहभागिहरुलाई प्रमाण पत्र वितरणसँगै कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथी वाग्लेले सीप स्वरोजगारको बलियो आधार भएको बताउनु भयो ।

वहाँले भन्नु भयो “सहकारी संस्थाले आफ्ना सदस्यहरुको आयआर्जन वृद्धिका लागि संचालन गरेको सीप विकास तालिम स्वरोजगारको बलियो आधार हो । ” सीपलाई लगनशिल भएर ब्यवहारमा लैजान सके आम्दानीको गतिलो श्रोत निर्माण हुने भन्दै ब्युटि पार्लर तालिमका एड्भान्स कोर्षका लागि माग भईआए आफुले सहयोग गर्ने बताउनु भयो ।

सहकारीले जीतपुरसिमराको वडा नं.१८ को बडहर्वामा र कलैया उपमहानगरपालिका वडा नं.१६ को उत्तरझिट्कैंया गरी दुई स्थानमा संचालन गरेको तालिममा सदस्यका ५० जना छोरीहरु सहभागि थिए । गत जेष्ठ पहिलो साताबाट सुरुभएको तालिम यही भाद्र २ गते सकिएको संस्थाले जनाएको छ ।

आवश्यक सामाग्री , प्रशिक्षक र स्थानको ब्यवस्थापन संस्थाले गरेको थियो । सहभागिहरुलाई सि.टि.ई.भि.टी. हेटौंडामा कार्यरत प्रशिक्षक शर्मिला खनालको निगरानी सहयोगमा स्थानिय सुस्मीता श्रेष्ठ, जुनी योञ्जन, आरती कुमारी र सुमन कुमारीले सहजीकरण गर्नु भएको थियो ।

तालिम समापन समारोहमा बोल्दै सहभागिहरुले एड्भान्स कोर्षको माग गर्दै सहकारी संस्थाले तालिम दिएर राम्रो गरेको बताए । तालिमका प्रशिक्षक तथा सहभागिहरुलाई सहकारी संस्था मनहर्वाकी अध्यक्ष नयनकला खड्का र वडा अध्यक्ष वाग्लेले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

अध्यक्ष खड्काको अध्यक्षता, संचालक विनिता गौतम्को स्वागत र मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश