एघार कोठे बजार सेड पक्कि भवन पूर्वमन्त्री साहद्वारा उद्घाटन

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ श्रावण २८, बुधबार (६ घण्टा अघि)
  • ४४ पटक पढिएको
एघार कोठे बजार सेड पक्कि भवन पूर्वमन्त्री साहद्वारा उद्घाटन

|बजार सेड भवनको उद्घाटन गर्नु हुँदै पूर्वमन्त्री साह

बारा । क्षेत्र नं.३ बाट निर्वाचित संघिय सांसद एवं पूर्व कृषिमन्त्री ज्वाला कुमारी साहले बुधबार एक कार्यक्रमका विच सटर सहितको एघार कोठे बजार सेड पक्की भवनको उद्घाटन गर्नु भएको छ ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.१६ को श्रीपुरमा रहेको रिलायन्स सुगर मिल नजिकै चिनिमिल विद्यागर श्रीपुर कृषि बजार क्षेत्रमा नवनिर्मित भवनको उद्घाटन भएको हो । पूर्वमन्त्री साहको पहलमा कृषि मन्त्रालयको ८० लाख रुपैया बजेटमा स्थानिय अगुवा गोरख यादवको नेतृत्वमा भवन निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा बोन्नुहुँदै सांसद साहले कृषि मन्त्रालयमा छोटो समय मात्रै काम गर्न पाएको सुनाउँदै छोटो अवधिमा धेरै काम गर्न सकेको बताउनु भयो । “पटकपटक गरी एकसय २३ दिन मन्त्री भएर काम गर्दा किसानका उखुको अनुदान, दुध बाँकी रकमको भुक्तानी, सुन्तलालाई राष्ट्रिय फल घोषण र मल आपूर्तिमा सहताकालागि नियमावलि परिमार्जन गर्ने काम भए, ” पूर्वमन्त्री साहले भन्नु भयो ।

यस्तै “यस अवधिमा ५० बढी स्थानमा डिप बोरिङका काम भएका छन् । कलैया, फत्तेपुर, डुमरवाना, विद्यानगर लगायतका आधा दर्जन स्थानमा ५ करोड बढीको लागतमा बजार सेड निर्माण भए । किसान र कृषिका क्षेत्रमा अझ धेरै गर्ने ईच्छा छ । यो क्षेत्रमा धेरै गर्नु पर्ने छ । सरकारले कृषि क्षेत्रमा सँधै उपेक्षा गरिरहेका छन् । कृषिलाई बजेटको प्राथमिकतामा पार्न जरुरी छ । त्यसो हुन नसक्दा समस्या भएको हो ” ,पूर्वमन्त्री साहले भन्नु भयो ।भवन निर्माण समितिका अध्यक्ष गोरख यादवका अनुसार लामो समय देखी अब्यवस्थित रुपमा साताको दुईदिन संचालनमा आईरहेको कृषि बजारका लागि यो भवन बरदान सावित हुने छ । श्रीपुर, झिट्कैंया, विद्यानगर सहित आधादर्जन गाउँका किसान एवं उपभोक्ता प्रत्यक्ष लाभांवित हुनेछन् ।

स्थानिय विद्यानगर प्राथमिक विद्यालयको करिब ८ कठ्ठा बजार समितिले उपभोग गरिरहेको छ । त्यसैको पूर्वपटीको भागमा भवन,भवनसँगै साँढे ५ हजार स्क्वायर क्षेत्रमा टायलिङ्ग सुविधायुक्ता शौचालय निर्माण भएको हो । लागत बढेर करिब ९३ लाख खर्च भयो । चन्दा दान सहयोगबाट थप काम भएको हो,निर्माण समिति अध्यक्ष यादवले सुनाउनु भयो ।

भवनको उद्घाटनसँगै बजार भवनको चावी विद्यालयलाई हस्तान्तरण समेत गरियो । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी सांसद साहले विद्यालयका प्रधानअध्यापक अशोक पाण्डेलाई जिम्मा लगाउनु भएको हो ।

कार्यक्रममा नेकपा एमाले बाराका सचिव अमृतशर्मा बजगाँई,प्रधानअध्यापक पाण्डे, जनमत पार्टी बाराका ईन्चार्ज शिवनाथ पटेल,१६ नं.वडाका कार्यवाहक अध्यक्ष ओमप्रकाश यादव लगायतले बोन्नु भएको कार्यक्रममा स्थानिय किसान ब्यापारि एवं सामाजिक अगुवाहरुको सभागिता थियो ।

निर्माण समितिका अध्यक्ष गोरख यादवको अध्यक्षता, पूर्व जनप्रतिनि पुनदेव साहको स्वागत र स्थानिय यूवा दिलिप गुप्ताको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश