डुमरवानाका नारायण क्षेत्री अस्तित्वको खोजी

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ अषाढ २८, शनिबार (१ हप्ता अघि)
  • ५९६ पटक पढिएको
डुमरवानाका नारायण क्षेत्री अस्तित्वको खोजी

बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ निवासी नारायण क्षेत्री अस्थित्वको खोजी नामक निबन्धसङग्रह सहित साहित्यिक क्षेत्रमा प्रवेश गरेका छन् । शनिबार डुमरवाना क्याम्पसको सभाकक्षमा उनको पहिलो संस्करण अस्थित्वको खोजी निबन्धसङ्ग्रह एक भब्य कार्यक्रमका विच विमोचन भयो ।

जिल्लाका नाम चलेका साहित्कार, लेखक, बुद्धिजीविहरुको भब्य उपस्थितीमा उनको कृती विमोचन गरिएको हो । उक्त अवसरमा क्षेत्रीले बाराका दिग्गज,पुराना साहित्यिक दुईजना स्रष्टाहरुलाई दोसल्ला ओढाएर अभिनन्दन एवं गुरु सम्मान समेत गरेका छन् । सम्मान पाउनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ गीतकार, चरनाकार एवं कवि कृष्ण सिम्खडा र अर्का शिक्षासेवी स्रष्टा फुलेना चौधरी हुन् ।

आफुलाई लामो समयदेखी राजनीतिज्ञका रुपमा समर्पित क्षेत्रीले यस कृतीका माध्यमबाट उनका जीवनउपयोगी श्रृजनात्मक , भोगाई,देखाई र चिन्तनका १५ वटा निवन्ध समेटिएका छन् । अस्तित्वको खोजी कृतिसँगै क्षेत्री निबन्धकारका रुपमा उदाएका छन् ।

उनको निबन्धसंग्रह नेपाली साहित्य भण्डारमा एउटा कृषिको रुपमा थप थपिएको कार्यक्रममा सहभागी सर्जकहरुले सुनाए । पुस्तकको सर्जकहरु सुनिल कुमार, राजु अधिकारी र रामप्रसाद अधिकारीले शमिक्षा गरेका थिए ।

क्षेत्रीको निबन्धसंग्रहको नेपाली मुल्य रु ४ सय मात्र तोकिएको छ । उक्त संग्रहमा निबन्धकार क्षेत्रीकी जेठी छोरी आस्मा बस्नेत प्रकाशक हुन् । उनी सातबर्ष अघिबाट ब्रिसवेन, अष्ट्रेलियामा छिन् ।

कार्यक्रम नवप्रज्ञापन साहित्यिक पत्रिका प्रकाशक साहित्यकार नवराज रिजालको अध्यक्षतामा भएको हो । नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ का अध्यक्ष राम प्रसाद लामिछाने सहित साहित्यकारहरु जंगबहादुर यादव, रामप्रसाद साह, सुनिल कुमार,भीम खकुरेल, एमडिआई हुसेन, प्रदिप धनन्जय लगायत सहभागि थिए ।

यस्तै सिटिईभिटीका पूर्व निर्देशक एवं समाजसेवी रामधारी यादव, पत्रकार गणेश रिजाल,महेश्वर अधिकारी, विदुर खड्का , पवनसिंह समेत कार्यक्रमा सहभागि थिए ।
कार्यक्रम डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी एवं प्राध्यापक रामकृष्ण सुवेदीको संचालनमा सम्पन्न भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश