बारा । लोकतान्त्रीक समाजवादी पार्टीका नेता, प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री जीतेन्द्र सोनलले नेपाल पत्रकार महासंघ बारालाई ११ हजार नगद उपलब्ध गराएका छन् ।
एक सार्वजनिक कार्यक्रमा महासंघलाई उपयू क्त सहयोग गर्ने घोषण गरेका पूर्वमन्त्री सोनलले उनका स्वकिय सचिव रमेश सरार्फ मार्फत खाममा हालेर गोप्य भन्दै उक्त रकम महासंघ अध्यक्ष रमेश सुवेदीलाई बुझाएका हुन् । सुक्रबार साँझ खाम गोप्य भन्दै बुझाएपछि सुवेदीले खाम खोलेर हेर्दा आफु आश्चर्यमा परेको बताए ।
एउटा जिम्मेवार ब्यक्तिले स्वकिय मार्फत खाममा गोप्य भन्दै ११ हजार रकम पाठउनु राम्रो कुरा लागेन । महासंघ भवन मर्मतमा ठुलै रकमको आवश्यकता छ । भौतिक साधनको जरुरी छ । पत्रकारहरुका लागि क्षमता विकास जरुरी छ । जिम्मेवार ब्यक्तिले यो तहमा गरेको सहयोग, सहयोग नभएर महासंघ प्रतिको अपमान बुझिन्छ , सुवेदी दुखीहुँदै सुनाए ।
यस्तो महत्वपूर्ण कामका लागि उनको ११ मा म २२ हजार थप गर्छु , उनले भने । म महासंघलाई ब्यक्तिगत रुपमा २२ हजार रकम सहयोग गर्छु । घोषणा गरिदिनु ,उनले भने । कलैया उपमहानगरपालिका वडा नं.१ मा रहेको महासंघको कार्यालय भवन मर्मतकार्य भैरहेको छ ।
प्रदेश सरकार, सांसद,स्थानिय पालिका, चन्दादाता र शुभचिन्तकहरु गुहारि रहेका छौं । साथ सहयोग वातावरण बनाई हाम्रो ३ बर्षे कार्यकालमा भवनको सुधार गर्ने ।
कार्यालय ब्यवस्थीत गर्ने र पार्किङ्गका लागि जमिन थप गर्ने कार्यमा महासंघ जुटेको हुँदा महासंघलाई आवश्यक सहयोगका लागी समेत सार्वजनिक अपिल पनि गर्दछौं सुवेदीले भने ।