बारा । नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालयले अन्तराष्ट्रिय पदक विजेता जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ निवासी गंगा घिमिरेलाई सम्मान गरेको छ । बुधबार खेलकुद मंत्रालयले सिंहदरबारमा आयोजना गरेको कबड्डी खेलाडी घिमिरेलाई प्रधानमन्त्री के.पी.शर्मा ओलीले नगद सहित सम्मान गर्नुभएको हो ।
२०८१ फागुन २० देखि २५ गते (मार्च ४ देखि ९, २०२५) सम्म इरानमा आयोजना भएको छैठौं एशियन च्याम्पेन्सिप (महिला) २०२५ प्रतियोगितामामा घिमिरे सहभागी भई कास्य पदक प्राप्त गरेकी थिइन् । अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई राष्ट्रिय गौरव बढ़ाउन पुर्याएको योगदानको कदर गर्दै सरकारले नगद १ लाख ५० हजा नगद सहित सम्मान गरेको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को असार ९ गतेको निर्णय अनुसार सरकारले खेलाडी तथा ब्यवस्थापकिय भुमिकामा रहेकाहरुलाई नगद सहित सम्मानपत्रबाट सम्मान गरेको हो ।
गंगा नेपाली सेनामा पिउठ पदमा त्रिभुवन आर्मी क्लबमा कार्यरत छिन् । यसअघि उनले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर थुप्रै पदक प्राप्त गरिसकेकी छन् । १९ औं एशियाली खेलकुद प्रतियोगिता चाईना, बंगलादेश लिगमा समेत उनले कास्य पदक प्राप्त गरिन् । गंगा भन्छिन् ,राष्ट्रिय प्र्रतियोगिता असंख्य छन् ।
विश्वमा कबड्डी खेलमा नेपालको स्थान तेस्रो छ । यो खेलमा यसअघि चौथो स्थानमा रहेको कबड्डी चाईनालाई उछिन्दै एकअंक माथी उक्लिएको हो । यो हाईट रहेको कबड्डी खेल र यसमा आवद्ध खेलाडी त्यसमाथी हामी जस्ता महिलालाई स्थानिय सरकारले समेत बेवास्था गर्यो ।
अरु ठाउँका पालिकाले आफ्ना स्थानिय खेलाडीहरुलाई लाखौं सहयोग र भब्य सम्मान गर्दा हामी त बेखरझैं छौं, गंगाले गुनासो गरिन् । उनका अनुसार म र गाउँले मेरी गुरु सम्झना राई दुईमात्रै मधेश प्रदेशकै कबड्डीमा अन्तराष्टिय पदक विजेता हौं ।
गंगालाई कबड्डी खेल सिकाउने र खेलमा उत्प्रेरण जगाउने उनकी स्थानिय गुरु सम्झना राईले गंगा निकै मेहनती खेलाडी भएको बताईन् । आगामी सन् २६ मा जापानमा हुने २० औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुनेगरी गत असोजबाट उनी बन्द प्रशिक्षणमा ब्यस्त छिन् ,उनले जानकारी दिईनन् ।
सम्झना राई
प्रशिक्षक राई आफैं पनि अन्तराष्टिय पदक विजेता हुनुहुन्छ । १२ औं दक्षिण एशियालि खेलकुद प्रतियोगीतामा सहभागिभई राईले कास्य पदक प्राप्त गरेकी थिईन् । उनै राईले तराईबासी महिलाहरु कबड्डी जस्तो कठिन खेलमा सहभागी भएर पदक जित्नु भनेको नेपाल र नेपालीहरुका सँगै स्थानियका लागि गौरवको विषय भएको बताईन् ।
तर म र गंगा बहिनी जस्ता स्थानिय महिला खेलाडीहरुलाई प्रदेश, जिल्ला, स्थानिय सरकार मात्रै नभएर वडा सरकारले समेत बेवास्था गरेको देख्दा दुःख लाग्दो रहेछ, उनले दुखेसो गरिन् ।