बारा । मधेश विश्वविद्यालयको सम्बन्धनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५, डुमरवानामा प्रविधिमा आधारित क्याम्पस संचालनमा आउने भएको छ । शनिबार डुमरवाना क्याम्पसको सभाकक्षमा आयोजित भेलाबाट हात्तिसार मेमोरियल सामुदायिक क्याम्पस संचालन तदर्थ समिति गठन भएको हो । पूर्व शिक्षक ईद्रिस मियाँ अंसारीको अध्यक्षतामा १५ सदस्य तदर्थ समिति गठन गरिएको हो ।
समितिको सहसंयोजकमा हरि थपलिया चुनिनु भएको छ । यस्तै समितिको सदस्यहरुमा राजकुमार प्रसाद अर्याल,सुदन दास तत्मा, नवराज खड्का, बाबुराम अधिकारी,सीमा ठकुरी हुनुहुन्छ । यसैगरी मनोज राय, शंकर यादव,संजय चौधरी, पुष्पराज खतिवडा, राजेन्द्र चौधरी र एकजना पछि मनोनयन गर्ने गरी समितिलाई पूर्णता दिईएको हो । सबैक्षेत्र, वर्र्गलाई समेट्दै गठन भएको तदर्थ समितिमा पूर्व जनप्रतिनिधी, सामाजीक अगुवा, शैक्षिक ब्यक्तित्व सहित पत्रकारको समेत प्रतिनिधित्व समेटिएको डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटीले बताउनु भयो ।
यस्तै डुमरवाना बहुमुखी क्याम्पसका अध्यक्ष अनिल कुमार मैनालीको संयोजकत्वमा सात सदस्य सल्लाहकार समिति पनि गठन भएको छ । समितिमा पलट प्रसाद चौधरी, रुपलाल चौधरी,यज्ञ तिवारी, राजु अधिकारी, किशोर शर्मा र नारायणी रायमाझी उक्त समतिमा चयन हुनु भएको हो ।
यसैगरी संघिय सांसद, प्रदेश सांसद, पूर्व सांसद, मेयर उपमेयर, वडा अध्यक्षहरु , दाता हात्तिसार मेमोरियल सामुदायिक क्याम्पसका शंरक्षक रहनेगरी क्याम्पसको विधान तदर्थ समितिले बनाउने भनिएको छ ।
डिजिटल प्रविधियूक्त अध्यायनमा एग्रो, टुरिजम, ईन्डष्ट्रिज, होटोल तथा हस्पिटल ब्यवस्थापन लगायत स्वरोजगारमुलक शिक्षामा जोड दिईने छ । यहाँबाट दिक्षित विद्यार्थीहरुलाई सिधै श्रमबजारमा जोड्नेगरी विद्यार्थीहरुको रोजाईका थप विषय समेत समावेश हुने डुमरवाना क्याम्पस प्रमुख शिवाकोटीले बताउनु भयो ।
सामुदायिक क्याम्पसको पठनपाठन सहितको आवश्यक ब्यवस्थापन हाल डुमरवानाबाटै गरिने प्रवन्ध मिलाईएको उहाँले बताउनु भयो ।
कार्यक्रमको पूर्व सांसद रामबाबु प्रसाद यादवले उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथी यादवले मधेश विश्वविद्यालयले महत्वपुर्ण कार्यक्रम अघि सारेको र डुमरवानालाई शैक्षिक हवका रुपमा स्थापित गर्न यहाँको अगुवाहरुको भुमिका श्रहानिय रहेको बताउनु भयो ।
शैक्षिक क्षेत्रमा बढ्दो निराशालाई चिर्ने र यूवालाई प्रविधिमा जोडेर दक्ष, प्राविधिक, शैक्षिक , स्वारोजगारयूक्त जनशक्ति निर्माणमा हात्तिसार मेमोरियल सामुदायिक क्याम्पस सफल हुने बताउनु भयो । यसको सफलाका लागि आफुले सँधै सकेको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रम डुमरवान क्याम्पसका अध्यक्ष अनिल कुमार मैनालीको अध्यक्षतामा सम्पन्न भएको हो ।