सपहीमा २२ औं राष्ट्रिय धान दिवस एवं रोपाँई महोत्सव ,कृषिमा यान्त्रीकरण जरुरी : कृषि मन्त्री जनार्दसिंह क्षेत्री

सपहीमा २२ औं राष्ट्रिय धान दिवस एवं रोपाँई महोत्सव ,कृषिमा यान्त्रीकरण जरुरी : कृषि मन्त्री जनार्दसिंह क्षेत्री

बाराः कृषिमा यान्त्रीकरण जरुरी भएको मधेश प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री जनादर्नसिंह क्षेत्रीे बताउनुभयो । मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय नक्टाझिजले बाराको कोल्हबी नगरपालिका ४ मा आयोजना गरेको २२ औं राष्ट्रिय धान दिवस एवं रोपाँई महोत्सवलाई सम्बोधन गर्नुहूँदै यस्तो बताउनु भएको हो ।

“धान बालीमा सघनता : खाध्य शुरक्षा र आत्मनिर्भरता” भन्ने नारा सहित साना किसान कृषि सहकारी संस्था लि. सपहीसँगको सहकार्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथी क्षेत्रीले कृषिको सहजताका लागि मधेश प्रदेश सरकारले काम गरिरहेको बताउनु भयो ।

मधेशको कृषि उत्पादनले देशलाई आवश्यक खाध्यान्नको माग पुरा गर्न सक्ने गरी काम भैरहेको उहाँले बताउनु भयो । “मधेश अन्नको भण्डार हो । तर मधेशलाई नै यहाँको उत्पादनले अहिलेकै अवस्थामा पुग्दैन । यद्यपी मधेश प्रदेशलाई आत्मनिर्भर बनाउँदै देशभरीको आवश्यकता यहाँबाट पुरा गर्ने लक्ष्यमा छौं । लक्ष्य तत्काल पूरा त नहोला तर सरकार लागेपछि अवश्य हुनेछ ।” मन्त्री क्षेत्रीले भन्नु भयो ।

उहाँले रोपाईका बेला रसायनिक मलको अभाव खेप्नु परिरहेको दुःख ब्यक्त समेत गर्नुभयो । संघ सरकारले खरिद गरी अनुदानमा उपलब्ध गराउँदै आएको रसायनिक मलको अभाव स्थानिय र प्रदेश सरकारले पुरा गर्न असम्भव रहेछ । माग अनुसार आपूर्तीका लागि स्वदेशमै मलको कारखाना खोल्नु पर्ने हुन्छ । हाल संघ सरकारले खरिद गर्ने मलको ३५ प्रतिशत मधेश प्रदेशमा आउने गरेको भन्दै मन्त्री क्षेत्रीले यसको प्रतिशत बढाईदिन संघ सरकारसँग कुरा भैरहेको बताउनु भयो ।

यस्तै मन्त्रालयका सचिव डा.उमेश दाहालले कृषिको विकास अपरिहार्य रहेको बताउनु भयो । कृषिमा सिंचाई, कुलोपैनी, गुणस्तयि वीउ, विषादी र उपकरणको प्रयाप्तताले मात्रै कृषिको विकासमा योगदान पुग्ने भन्दै मधेश सरकारको कृषि मन्त्रालय सिंचाई र पूर्वाधारका कार्यक्रम मार्फत किसानलाई सहयोग गर्न लागिपरेको बताउनु भयो ।

कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरीले ग्रामिण महिलाहरुको जीवन सुधारमा साना किसान सहकारी संस्थाहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नु भयो । उहाँले केही बर्षअघि खोलिएको सहकारीले आर्थीकसँगै कृषि क्षेत्रमा गरेको योगदान श्रहानिय रहेको बताउनु भयो ।

सहकारी कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदानमा वीउ प्रशोधन उद्योग स्थानपान गरेको छ । वीउ आत्मनिर्भर कार्यक्रमबाट ७० लाख रुपैंया बराबरको गोदाम ,५० लाख रुपैंयाको लागतमा निर्माण एवं खरिद मेशिनरी सहितको उद्योगको मन्त्री क्षेत्रीले रिवन काटेर उद्घाटन समेत गर्नु भयो ।

संस्थाले उद्योग नजिकै रोपाईको ब्यवस्थापन गरेको थियो । उक्त स्थानमा मन्त्री क्षेत्री, सचिव दाहाल, नगरप्रमुख चौधरी, उपप्रमुख लक्ष्मी कुमारी चौधरी, कृषि विकास निर्देशनालयका प्रमुख एवं निर्देशक जीतेन्द्र यादव, कृषि ज्ञान केन्द्र बाराका राजनारायण साह, पर्साका रामजीवन ठाकुर, साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी , उपाध्यक्ष नयनकला लगायत सयौं सदस्यले रोपाईमा सहभागि भएर धानको वीउ राप्नु भएको थियो ।

कार्यक्रम साना किसान कृषि सहकारी संस्था लिमिटेड सपहिका मुख्य प्रबन्धक अरुण चौधरीको सवागत एवं संचालनमा सम्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश