अपाङ्गता भएका सदस्य परिवारलाई पाडी वितरण

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ अषाढ १०, मंगलबार (१ हप्ता अघि)
  • ६८ पटक पढिएको
अपाङ्गता भएका सदस्य परिवारलाई पाडी वितरण

बारा : नेपाल अपाङ्ग सेवा संघ बाराले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का अपाङ्ग भएका चार परिवारलाई भैंसीको पाडी वितरण गरेको छ ।मंगलबार सोही वडाको उचिडी स्थति नेपाल अपाङ्ग सेवा संघ बाराका कोषाध्यक्ष शंकर दाहालको घरमा विशेष कार्यक्रमको आयोजना गरी पाडी विरण गरिएको हो ।

पाडी पाउनेहरु वडा नं.१८ का अपाङ्गता भएका सुरेश राई,रतिया देवी राम,सोनिया देवी पंडित र मनिक बल छन् । उनीहरुका शंरक्षकहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारी, वडा अध्यक्ष चतुरबाबु वाग्ले, नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्ले लगायतले पाडी हस्तान्तरण गर्नुभएको हो ।

वडाको खर्चमा वितरण भएका ४ वटै पाडीहरुको नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले आफ्नो खर्चमा विमा गरिदिने कार्यक्रममा घोषणा गर्नु भयो ।
वडा नं.१८ को वडा स्तरिय योजनाको एकलाख रकमबाट प्रति २० हजारका दरमा पाडी खरिद गरिएको हो । अपाङ्गता भएका ब्यक्तिका परिवारको आयआर्जनमा सहयोग पुर्याउने उदेश्यले पाडी प्रदान गरिएको अध्यक्ष वाग्ले बताउनु भयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले नगरको बजेटबाट पहिलो पटक उदाहरणिय कामको सुरुवात भएको बताउँनु भयो । आगामी दिनमा प्रत्येक वडालाई यस किसिमको कार्यक्रमका लागि बजेट विनियोज गर्न लगाउने र नगरबाट समेत गर्ने प्रतिबद्धता ब्यक्त गर्नुुभयो । यस्तै नगरका सम्पूर्णमा अपाङ्गता भएका ब्यक्तिहरुको नगरबाट स्वास्थ्य विमा गरि सहयोग गर्ने समेत घोषण गर्नुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष वाग्लेले विभिन्न नाम गरिने कार्यक्रमले खासै उपलब्धी नदेखिएपछी जीवन उपयोगी काम गर्ने सल्लाहगरी पाडी वितरण गरिएको बताउनु भयो ।

कार्यक्रममा वडा सचिव सिमा उप्रेती, पत्रकार विदुर खड्का, वडा सदस्य लक्ष्मीमाया वाईवा, चेत बहादुर आले, अदरी देवी महरा,स्थानिय कृष्ण वाग्ले, रविन कुमार पराजुली, सन्त लामा लगायतको सहभागिता थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश