हत्या आरोपमा एकै परिवारका ३ जना सहित चारजना पक्राउ

हत्या आरोपमा एकै परिवारका ३ जना सहित चारजना पक्राउ

पुष्पराज खतिवडा,बारा: कुटपीट गरी हत्या आरोपमा बारा प्रहरीले एकै घरपरिवारका ३ जना सहित चारजनालाई पक्राउ गरी बुधबार अपराहन्न सार्वजनिक गरेको छ ।

गतजेष्ठ २९ गते बेलुका कलैया उप–महानगरपलिका वडा नं.१४ बघवन स्थित बस्ने वर्ष ५० को नन्दुराउत कुर्मीको कुटपिटबाट ज्यान गयो । पुरानो रिसिवीको कारण बताएको प्रहरीका अनुसार सोही ठाउँ बस्ने उमेश जैसवाल सहित ६ जना व्यक्तिहरूले मिलेर मरणासन्न हुने गरी कुर्मीलाई कुटपिट गर्दा उनी गम्भीर घाईते भए । घाईते कुर्मीलाई आफन्तले उपचारको लागि प्रादेशिक अस्पताल कलैया बारामा लगे । चिकित्सक उनको मृत्यु भईसकेको घोषणा गरे ।

प्रहरीले घटना बारे जानकारी पायो । तत्काल घटना स्थलमा पुगी प्रारम्भिक अनुसन्धान पश्चात घट्नामा संलग्न रहेको आरोपमा स्थानिय २८ बर्षका दिगम्बर साह कलवार पक्राउ गर्यो । उनलाई सोही दिन ज्यान सम्बन्धी कसूरमा अदालतबाट सात दिनको म्याद लियो । पक्राउ परेका कलवारसँगको अनुसन्धान अगाडी बढाईएको बारा प्रहरीले अन्य फरार रहेका व्यक्तिहरूको खोजीलाई जारी राख्यो ।

प्रहरी निरिक्षक खेमप्रसाद नेपालको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले कलैया उप–महानगरपालिका वडा नं.५ स्थित सागर लामिछानेको घरमा लुकिबसेको अवस्थामा उमेश जैसवालकी पत्नी ३८ बर्ष रन्जु जैसवाललाई पक्राउ गर्यो ।

यस्तै पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं.१ शान्ती टोलका बसिर मियाँको घरमा छुकिबसेका कलैया उपमहानगरपालिका १४ बघवनका उनै जैसवालका दुईछोरा जेठा २० बर्षका सुमित र १८ बर्षका सुजित कुमारलाई आज बुधार पक्राउ गरेको हो ।

पक्राउ परेका थप ३ जनालाई समेत जिल्ला अदालत बाराबाट सोही ज्यान सम्बन्धी कसूरको मुद्दामा म्याद मिलान गरी थप अनुसन्धान भइरहेको र अन्य फरार आरोपितहरूको खोज तलास भैईरहेको बारा प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक सन्तोष तामाङ्गले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश