बारामा बाघले मान्छे मार्यो

बारामा बाघले मान्छे मार्यो

पुष्पराज खतिवडा
बारा :जितपुरसिमरा उ.म.न.पा.२१ अमलेखगंज बस्ने एक ब्यक्तिको बाख्रा चराउन गएका बखत बाघले ज्यान लिएको छ ।

मंगलबार  नजिकैको जंगलमा बाख्रा चराउन गएका ५५ बर्षिय चन्द्र बहादुर भुलनको बुधबार बिहान क्षतविक्षत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

ऊनी मकवानपुर जिल्लाको मनहरी गा.पा. घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जका विरबहादुर थिङको घरमा कामदार रूपमा  बस्दै आएका थिए ।

मृतक भुलन  नजिकैको चकरी जङ्गलमा ३०/४० वटा बाख्रा लिएर चराउन गएका थिए । साँझ अबेरसम्म घर नफर्किएपछी उनको खोजी सुरु गरिएको थियो ।

आफन्त , वडा अध्यक्ष सुबास श्रेष्ठ , इलाका प्रहरी कार्यालय अम्लेखगंजका प्रहरी वरिष्ठ नायव निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा स्थानीय सहितको टोली भुलनको खोजीमा खटिएका थिए ।

मंगलबार अबेरसम्म फेला नपरेपछि बुधबार बिहान पुनः  खोजतालाश गर्ने कक्रममा भुलनको शरीर गाउँ  नजिकैको  दक्षिणकाली सामुदायिक बनको खोल्सामा बाघले खाएको अवस्थामा मृत फेला परेको हो ।

बाघले भुलन सहित केही बाख्रा समेत खएको पाइयो । ४० वटा चराउन लगिएका मध्य २७ वटा मात्रै जिउँदो बाख्रा फेला  परेको बारा प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश