बैंकहरुले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेसँगैको फारम बुझाउनै सास्ती

ईलाका प्रशासन कार्यालय सिमरामा मात्रै ७ सयबढी मानिसको आगामी असार मसान्त सम्म पालो परेको छ
  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ जेष्ठ २, शुक्रबार (१२ घण्टा अघि)
  • १३९ पटक पढिएको
बैंकहरुले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेसँगैको फारम बुझाउनै सास्ती

पुष्पराज खतिवडा,बारा । कलैया उमहानगरपालिका वडा नं.२७ महेशपुरकी अरैना अंसारी राष्ट्रिय परिचय पत्रका लागि दौडिएको निकै दिन भयो । उनी भन्छीन्, यो सामान्य कुरा रहेन छ । जिल्ला प्रशासन कार्यालयमा भिड अत्याधिक छ । उखरमौलो गर्मीका विच परिचय पत्रका लागि लामो लाईनमा पालो कुर्दै दिन जान्छ ।

यस्तै जीतपुरसिमरा उपमहानगरपालिका १८ उचिडीका रविन पराजुली राष्ट्रिय परिचय पत्रका दौडिएको एकमहिना भयो । उनले निकै दुःख भोग्नु परेको सुनाए । सोही ठाउँका अर्का स्थानिय शोभा भारतीले चर्को गर्मीमा असिनपसिन भएर ५ दिन दौडिएर अनेक प्रयासपछि फारम भरेको बताईन् । सुरुमा जाँदा नागरितानै पुरानो भनेर फर्काए । त्यपछि नागरिकता बनाउनै भिडमा समस्या भयो । नागरिकता बल्लतल्ल बन्यो । परिचय पत्र लिन झनै सास्ती पालै लिननै सकस भयो । जसोतसो परिचय पत्रको फारम बुझाएँ, भारतीले सुनाईन् ।

सर्वधारणलाई राष्ट्रिय परिचय पत्रको फारम बुझाउननै सास्ती भैरहेको छ । बैंक, मालपोत, सामाजिक शुरक्षा भत्ता, बैदेशिक रोजगार लगायत क्षेत्रमा राष्ट्रिय परिचय पत्र अनिवार्य भएसँगै सेवा कार्यालयहरुमा सेवाग्राहीको घुँईचो बढेको छ । सेवाग्राहिको घुँईचो बढेसँगै सेवाप्रवाहमा समेत कठिनाई भैरहेको ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख उपसचिव तेजराज शर्माले बताए ।

नियमित कामसँगै परिचयपत्रका लागि आउने सेवाग्राहीको माग सम्बोधन गर्न सक्ने अवस्था छैन । अस्थाई रुपमा दुईजनाको भरमा परिचय पत्रको भार धान्नु परिरहेको छ । जनशक्तिको अभावसँगै आवश्यक भौतिक सामाग्रीको अभाव छ । कागजात मिलेको खण्डमा दैनिक रुपमा ४५, ५० जनाको काम हुन्छ । तर दैनिक दुईसय जना बढी मानिस परिचय पत्रका लागि आउनुहुन्छ ।

उहाँहरुलाई पछिल्लो मिति दिँदैछौं । आज सम्मको अवस्था हेर्दा ७ सयबढी मानिसको आगामी असार मसान्त सम्म पालो परेको छ । यो क्रम अझैं बढ्ने देखिन्छ । जीतपुरसिमरा उपमहानगरपालिका भित्र पालिका कार्यालय जीतपुर र ईलाका प्रशासन कार्यालय सिमराबाट मात्रै सेवा प्रवाह भैरहेका छन् । दुई स्थानमा सेवाग्राहीको घुँईचो उस्तै बुझेको छु, उपसचिव शर्माले बताए ।

राष्ट्रिय परिचय पत्रका लागि दुई महिना यता बैंकहरुले अनिवार्य गरेपछी भिड बढेको प्र्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । राष्ट्रिय परिचय पत्र सम्बन्धि जिल्ला समन्वय प्रमुख समेत रहेका अधिकारीले भने “यसअघि पालिकाहरुबाटै फारम भर्न सकिने ब्यवस्था थियो । सेवाग्रही नै नभएपछी बन्द गरियो । तर अहिले आएर भिड बढिरहेको हुुँदा पालिकाहरुसँग पुनः समन्वय भैरहेको छ । ”

पहिला जसरी सहजै पालिकाहरुमा काउन्टर सेवा जिल्लाबाटै दिन भने विभागले रोकेको उनको भनाई थियो । पालिकाहरुले कार्यपालिकाको निर्णय सहित विभागमा समन्वय र सम्झौता गरे पश्चात काउन्टर संचालन गर्न पाउने छन् । त्यसका लागि सबै पालिकालाई पत्राचार भैसकेको छ । कुनकुन पालिका सम्झौताका लागि विभाग गए सोको जानकारी प्राप्त नभैसकेको उनले बताए ।

जिल्लामा हाल जिल्ला प्रशासन कार्यालयमा ५ वटा काउण्टरबाट सेवा प्रवाह भैरहेको छ । यस्तै पालिकाहरु मध्य जीतपुरसिमरा उपमहानगरपालिकामा एउटा र ईलाका प्रशासन कार्यालय सिमरा, कोल्हवी र सिम्रौनगढमा एकएक गरी ९ वटा काउन्टरहरुबाट सेवा प्रवाह भैरहेको प्रजिअ अधिकारीले जनाए ।

कति जनाताले राष्ट्रिय परिचय पत्र पाए वा पाउन बाँकी छ त्यसको विवरण केहीदिनमा उपलब्ध गराउने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश