जनकपुर। भोलि र २८ गते सार्वजनिक विदा दिने मधेश सरकारले निर्णय गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय जनकपुरधामले बैशाष २८ र २८ गतेका लागि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मान्त्रालयले आईतबार सार्वजनिक सुचना मार्फत विदा सम्बन्धी जानकारी गराएको हो । सुचनामा मिति २०८२।०१।२३ गते मंगलवार जानकी नवमी
(सीता जयन्ती) र मिति २०८२।०२।२८ गते बुधवार कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरेको छ ।
उपसचिव गणेश नायकले हस्ताक्षर गरेको सुचनापत्रमा मधेश प्रदेश सरकारद्धारा मिति २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा
दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ, भनिएको छ।