|प्रदेश सचिव डा. उमेश दाहाल
बारा । खाध्यान्न (धान गँहु) बालिको वीउ आत्मनिर्भर कार्यक्रममा सहकारी संस्थाहरुको सहभागिताले परनिर्भरता घट्नमा सहयोग पुग्ने प्रदेश सचिव डा. उमेश दाहालले बताउनु भयो ।
शनिबार जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८मा स्थानिय साना किसान कृषि सहकारी संस्था लि.मनहर्वाले कृषि ज्ञान केन्द्र बाराको सहकार्यमा संचालनमा ल्याएको वीउ प्रशोधन उद्योगको निरिक्षण गर्नुभएका सचिव दाहालले यस्तो बताउनु भएको हो ।
निरिक्षण परि आयोजित छलफललाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नु भयो, “भारत सहित अन्यत्रका कमसल वीउको प्रयोगबाट नउम्रने, फल नलाग्ने जस्ता जोखिम किसानले भोग्नु परिरहेको छ । स्थानिय किसानहरुकै सहभाागितामा वीउ उत्पादन हुँदा जोखिम कम हुनुका साथै सबैलाई फाईदा समेत हुन्छ । ”
सचिव डा. दाहालले वीउको परनिर्भता कम गर्दै लैजाने सरकारको नीति रहेको सुनाउँदै उक्त नीतिलाई सफल पार्न उद्दत सहकारी र आवद्ध सदस्यको भुमिका स्रहानिय रहेको बताउनु भयो ।
तराई मधेश खाध्यन्नको भण्डार भएको दावी गर्दै कृषि क्षेत्रमा लागेका लाखौं किसानलाई सलुट गर्दछु । सरकार, सहकारी र किसानको सहकार्यले मात्रै सरकारको नीति र योजना पूरा गर्न संभव रहेको भन्दै कृषि क्षेत्रको विकासमा विषेश अनुदानका कार्यक्रमहरुमा जोड दिईने छ , उहाँले भन्नुभयो ।
यस्तै मधेश प्रदेश भुमी ब्यवस्था , कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय धनुषाका निर्देशक जितेन्द्र यादवले मधेश प्रदेशलाई वीउमा आत्मनिर्भर बनाउनेगरी सहकारीहरु मार्फत काम भैरहेको बताउनु भयो ।
बारामा साना किसान कृषि सहकारी मनहर्वा, डुमरवाना, तेतरिया, सपहिले र केही अन्य सहकारी एवं ब्यक्तिहरुले वीउ उत्पादनका क्षेत्रमा काम गरिरहेको बताउनु भयो ।
अनुगमन कार्यक्रममा कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण प्रसाद साह, मन्त्रालयका अधिकृतहरु, निर्देशनालयका अधिकारीहरु र सहकारी संस्थाका संचालक एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।