प्रभातफेरी सहित कोणसभा गरी मनाईयो विश्व प्रेस स्वतन्त्रता दिवस

प्रभातफेरी सहित कोणसभा गरी मनाईयो विश्व प्रेस स्वतन्त्रता दिवस

बारा । नेपाल पत्रकार महासङ्घको आयोजनामा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सदरमुकाम कलैयामा प्रभातफेरी सहित कोणसभा सम्पन्न भयो। शनिबार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको अगुवाईमा भएको हो ।

कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय सदस्य सिकेन्द्र पासवान , मधेश प्रदेश समितिका कोषाध्यक्ष अनिल कुमार गौरव, नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतम र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहताले प्रेस स्वतन्त्रताका पक्षमा बोल्नु भएको थियो ।

कार्यक्रममा महासंघबाराका उपाध्यक्ष पन्नालाल दास, प्रियन्का दास,प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य साजिर मंन्सुर ,संजीव मिश्रा, ब्रिजमोहन कुशवाह ,श्रमजीवी पत्रकार संघका अध्यक्ष शिवशंकर मिश्रा,

मेची महाकाली सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई, प्रेसिडेन्ट बाराका सचिव राजेश कुशवाहा, कोषाध्यक्ष अरुण शाह, महासंघका कार्यसमिति सदस्य धिरेन्द्र तिवारी, नरेश गुप्ता लगायतको सहभागिता रहेको थियो।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश