रोकिराखेको लहरी ट्रकमा ठोकिएर दुर्घटना हुँदा १९ घाईते

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ बैशाख १५, सोमबार (३ हप्ता अघि)
  • २६३ पटक पढिएको
रोकिराखेको लहरी ट्रकमा ठोकिएर दुर्घटना हुँदा १९ घाईते

बारा । पूर्व पश्चिम लोकमार्गको अमलेखगंजमा भएको सवारी दुर्घटनामा परि १९ जना घाईते भएका छन् । घाईतेहरुको हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । बिग्रिएर रोकिराखेको लहरीमा पछाडीबाट यात्रुबसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

सोमबार विहान ०३ः३० बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका –२२ को ३ नं. पुल नजिक हेटौँडा बिरगंज सडक खण्डमा काँकरभित्ताबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसका यात्रु घाईते भएका हुन् ।

बिग्रिएर सडक छेउमा रोकिराखेको प्रदेश २–०३–००१ ख ५१८७ नं. को कोईला लोड भएको लहरी ट्रकमा यात्रु वाहक बसले पछाडिबाट ठक्कर दिएको हो । ठक्करबाट अनियन्त्रित भई बास सडक भन्दा ५ मिटर तल खसेको थियो । उक्त दुर्घटनामा बसमा सवार यात्रु घाईते भएका हुन् ।

दुर्घटनाग्रस्त बस र बस चालक जि.चितवन राप्ति न.पा.–३ बस्ने बर्ष ४७ को तिलक ब.थापा मगर ईलाका प्रहरी कार्यालय अमलेखगंजको नियन्त्रणमा रहेको बारा प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।
घाईतेहरुको विवरण निम्न अनुसार रहेको उनले बताए ।
१. ग २ ख १६५५ नं को बस चालक जि.कास्की रुपा गा.पा–७ बस्ने बर्ष ४० को रवि कु.ताम्राकारको मुखमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
२. ग २ ख १६५५ नं को बसको सह चालक जि.कास्कि बस्ने अं. बर्ष ५० को बासुदेव अधिकारीको दुबै खुट्टामा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
३. जि.तनहुँ भानु न.पा.–८ बस्ने बर्ष ३० को अनिल कु.बस्नेतको बायाँ खुट्टामा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
४. जि.ईलाम ईलाममाई न.पा.–४ बस्ने बर्ष ३१ को राजेन्द्र सुनुवारको टाउकोमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
५. जि.पाँचथर फिदिम न.पा.–५ बस्ने बर्ष ३२ को खर्क सिंह तुमवापोको नाकमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
६. देश भारत जि.भङकुरा बस्ने बर्ष ४६ को बिलाश दाशको निधार,दुबै हातमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
७. जि.सप्तरी रुपनि गा.पा.–३ बस्ने बर्ष २८ को रबिन्द्र माझिको मुखमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
८. जि.सप्तरी हलुवा न.पा.–१ बस्ने बर्ष २० को भरत ईश्वरको मुख,छातिमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
९. जि.पाँचथर हिलेहाङ गा.पा.–६ बस्ने बर्ष ६० कि बुद माया यावको बाँया खुट्टामा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
१०. जि.सल्यान कालिमाटि गा.पा.–३ बस्ने अं. बर्ष २८ कि पुष्पा वलिको टाउकोमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
११. जि.ईलाम सुर्यदैले न.पा.–१२ बस्ने बिरमान राईको छोरी बर्ष २२ कि मनिषा राईको टाउको,मुखमा चोट अवस्था मध्यम ।
१२. जि.झापा दमक न.पा.–१ बस्ने बर्ष २० को निशा लिम्बुको मुखमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।

१३. जि.दोलखा बिष्णु गा.पा.–५ बस्ने अम्बर ब. खड्काको छोरा बर्ष १९ को अनुराग खड्काको टाउको,दुबै हातमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१४. देश भारत जि.सिलोङ बस्ने कमल सिंह थापाको छोरा बर्ष २५ को रेशम थापाको टाउको,दाइने खुट्टामा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१५. ऐ.ऐ. बस्ने हेमलाल क्षेत्रिको छोरा बर्ष २८ को सागर क्षेत्रिको मुख,बायाँ हातमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१६. जि.ईलाम देवमाई न.पा.–८ बस्ने बर्ष २९ को दल ब.राईको निधारमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१७. जि.ईलाम ईलाम न.पा.–१ बस्ने बर्ष ३७ को तेज ब.राईको अनुहारमा,दाईने खुट्टामा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१८. ऐ.ऐ. बस्ने बर्ष २७ को संजिव राईको गाला,शरिरमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१९. जि.खोटाङ केपिलास गढि गा.पा.–७ बस्ने बर्ष ३२ को टेक ब.राईको टाउको,अनुहारमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश