सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा मंगलम डाईग्नोष्टिक सेण्टर सञ्चालनमा आएको छ ।
जीतपुरसिमराका बरिष्ठ चिकीत्सक डाक्टर रवीन्द्र सिंहको नेतृत्वमा सिमरामा सञ्चालित मोर्डन तराई हस्पिटलले मंगलम डाईग्नोष्टिक सेण्टरको सेवा शुरु गरेको हो । तराई हस्पिटल अगाडी सञ्चालनमा आएको डाईग्नोष्टिक सेण्टरले तराई हस्पिटलका विरामी तथा यसक्षेत्रका सबै सर्वसाधारणलाई सेवा दिनेछ ।
तीन दशक अघिदेखि बीरगञ्जमा सञ्चालनमा रहेको मंगलम डाईग्नोष्टिक सेण्टरको सेवा सिमरामा शुरु गर्न पाउँदा आफुहरु उत्साहित रहेको बताउँदै डाईग्नोष्टिक सेण्टरका सञ्चालक प्राध्यापक डाक्टर अमरनाथ ठाकुरले विपन्न नागरिकले पैसाको अभावमा उपचार नपाउने स्थितीको अन्त्य गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी, सिमराका शैक्षिक अगुवा सुमनकुमार भट्टराई, पुर्व प्रधानपञ्च मुकुन्द बहादुर क्षेत्री, जीतपुरसिमरा नगर उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष सञ्जय साह, महासचिव प्रकाश गिरी, नेपाली काँग्रेस जीतपुरसिमराका नगर सभापति छविलाल शर्मा, पत्रकार महासंघ बाराका सचिब पुष्करराज खतिवडा लगायतको उपस्थिती रहेको थियो ।