बारा । पशुपालनका माध्यमले मुलुकलाई समृद्ध बनाउन सकिने भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले बताउनु भयो । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध क्षेत्रमा खेलेको भुमिका विषयक गोष्ठि लाई सम्बोधन गर्नुहुँदै सचिव दाहालले यस्तोबताउनु भएको हो । सुक्रबार सिमरामा सम्पन्न गोष्ठिको दाहालले उद्घाटन गर्नुभएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ मा रहेको दुग्ध उत्पादक सहकारीले आयोजना गरेको कार्यक्रम उहाँले दुध, मासु र अण्डामा देश आत्मनिर्भर रहेको बताउँदै अव ब्यवस्थापन र निर्यातका लागि कामगर्नुपर्ने बताउनु भयो । प्रति ब्यक्ति बार्षिक ९० लिटर भागमा पर्नेगरी दुग्धको उत्पादन रहेको बताउनु भयो । यस्तै १४ किलो मासु आवश्यक मानिएपनि २१ किलो उत्पादन हुँदै आएको छ ।
कृषि क्षेत्र मुलुकको ग्राहस्थ उत्पादनको २४ प्रतिशत र सोको ६२ प्रतिशत दुग्धले धानेको छ भने माछामासुको २४ प्रतिशत देखिएको छ । भैसिलार्ई कालो सुन भन्दै दाहालले भैसि प्रवद्र्धन कार्यक्रममा सरकारहरुले जोडदिनु पर्ने उहाँले बताउनु भयो । यस्तै सहकारी सचिव दाहालले सहकारी क्षेत्रलाई बलियो बनाउन जरुरी छ । त्यसकालागि हामी सहकारी रजिष्टार कार्यालय मार्फत सहकारीमा सचेतनाका कार्यक्रमहरु ल्याउँदैछौं ।
सचिव दाहालले देशको कुल कृषि उत्पादनको २५ प्रतिशत मधेशमा उत्पादन हुँदै आएको जनाउँदै मधेशलाई खाद्य भण्डारको रुपमा चिनिने बताउनुभयो । कुल उत्पादनको ४५ प्रतिशत माछा मधेशमा उत्पादन हुने गरेको भन्दै मधेश सरकारले आगामी जेठमा मधेश कृषि सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
यसैगरी दुग्ध विकास बोर्ड मधेश प्रदेशका निर्देशक डा.सरोज चौधरीले दुग्ध उत्पादनका ब्यवस्थापनमा गुणस्तको ठुलो भुमिका हुने बताउनु भयो । उहाँले उत्पादन भएरपनि गुणस्तरमा ध्यान नदिँदा सपतमा समस्या आउँछ ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख डा. हेमचन्द्र जयसवाल,भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख सञ्जिव ठाकुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बिरगजं पर्साका प्रतिनिधि श्रवण साह, जीतपुरसिमरा उपमहानगरपालिका पशु सेवा कार्यालय सिमराका प्रमुख सुभाष झा, संस्थाका संस्थापक अध्यक्ष भरत खड्का साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा,बाराका मुख्य प्रबन्धक पुष्पराज खतिवडा, पञ्चामृत दुग्ध उत्पादक सहकारी संस्था लि.रामनगरका अध्यक्ष चुडाहरी अधिकारी, अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्था लि.पर्सागढी १ पर्साका अध्यक्ष मिन बहादुर भण्डारी लगायतकाले बोल्नु भएको थियो ।
डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक बर्षमा ४६ लाख लिटर दुग्ध खरिद गरेको, चालुु आ.व.मा ४८ लाख लिटर खरिद गरिने संस्था अध्यक्ष होमनाथ पंडितले जानकारीदिनु भयो । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले २०४६ सालबाट ४५ लिटरबाट दुधको कष्टपूर्ण ढंगबाट कारोबार गरेको र हाल २८ सय सदस्यहरु मध्य २५ सय किसानबाट दैनिक १५ हजार लिटरबढी दुध उत्पादन गर्दै आएको उहाँले बताउनु भयो ।
कार्यक्रम डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष नारायण प्रसाद घिमिरेको स्वागत एवं ब्यवस्थापक सन्तोष भुजेलको सहजिकरणमा सम्पन्न भएको हो ।