पालिकाले दिएको कमसल नापी उपकरण विग्रिएपछि जग्गा नापजाँचको काम ठप्प

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ श्रावण १६, शुक्रबार (१ दिन अघि)
  • १३९ पटक पढिएको
पालिकाले दिएको कमसल नापी उपकरण विग्रिएपछि जग्गा नापजाँचको काम ठप्प

पुष्पराज खतिवडा,बारा । नापी उपकरण विग्रिएर जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा भैरहेको भुमिहिन, सुकुम्बासी तथा अब्यवस्थीत बसोबासीहरुको जग्गा नापजाँच लगायत प्राविधिक काम रोकिएको छ ।

भुमी समस्या समाधान आयोग बाराले जिल्लाको निजगढ र जितपुरसिमराका आधा दर्जन वडाहरुमा २०८२ बैशाष पहिलो साताबाट एकसाथ जग्गाको नाप जाँच सुरु गरेको थियो । यद्यपी जीतपुरसिमरा उपमहानगरले खरिद गरी प्राविधिक टोलीलाई उपलब्ध गराएका नापी उपकरण विक्रिएपछी दुईमहिना यता काम रोकिएको आयोग बाराका अध्यक्ष भरत घलेले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ लामिडाँडा र २२ को अमलेखगजंमा काम हुँदै गर्दा पालिकाले उपलब्ध गराएका उपकरणमा समस्या आयो । त्यसपछि काम हुने कुरै भएन । अमलेखगजंमा भने निजगढको मेशिन मगाएर काम गरियो, अध्यक्ष घलेले भने ।

विग्रिएको मेशिन जीतपुरसिमरा उपमहानगरमा बुझाएका छौं । पालिकाले बनाएर दिए लगतै पुनः काम गछौं, उनले भने । पालिकाले कमसल उपकरण दिँदा समस्या भएको हो । यद्यपी वडा नं. १८ सहित निजगढ र जीतपुरसिमरामा जेजती नापी भएको छ , सोको अध्यावधिक सहित नक्सांकनको काम भने गरिरहेकाछौं, उनले बताए ।

यता सुकुम्बासी समस्या समाधानमा महत्वपूर्ण भुमिका हुने जितपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेलको यो विषयमा खासै चासो परेको पाईएन । उनले छोटो जवाफ दिँदै यस विषयमा कुरा उठिरहेको सुनाए । तर कामलाई गतिदिने बारेमा बताएनन् ।

पौडेलले भने “यस विषयमा कुरा उठिरहेको छ । आज विहान पनि उठेको थियो । मैले हाकिमलाई भनेको छु । एक पटक आयोगसँग बस्ने कुरा पनि भैरहेको छ” उनले सुनाए । तर उनले ठ्याक्कै यसो हुन्छ या नापी उपकरण उपलब्ध गराउने र तत्काल काममा खटिन सहयोग गर्ने विषयमा भने केही बोल्न चाहेनन् ।

जीतपुरसिमरा र निजगढ नगरपालिकामा गरी ६ वटा सर्वेयर टोली फिल्डमा खटिएका थिए । जीतपुरसिमराको वडा नं.१८, १६ र २१ मा ४ वटा र निजगढको वडा नं.४ र १० मा २ वटा गरी ६ वटा नापी टिम खटाईएको थियो । विविध समस्याले कामले गति लिन सकेको छैन ।हाल सम्मको उपलब्धी सामान्य नै छ, भुमी आयोग अध्यक्ष घलेले सुनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश