ट्रक साहित्य : यूक्रेन सक्ने भो रुसले नेपाल सक्यो घुसले

ट्रक साहित्य : यूक्रेन सक्ने भो रुसले नेपाल सक्यो घुसले

बारा । बस, ट्रक, भ्यान सहितका साना गाडीका अगाडी पछाडी लेखिएका यस्ता छोटा साहित्यलाई ट्रक साहित्य भन्ने गरिन्छ । यस्ता साहित्यका आफ्नै महत्व छन् ।

मान दिनेलाई मान दिने हो

सान दिनेलाई हान्दिने हो ।’

‘काली गर्छे माया, गोरी गर्छे प्यार ।

ड्राइभरको जिन्दगी गज्जब छ यार ।’

‘रिल्याक्सको जिन्दगी गाडीको वास

एक्लो छ जिन्दगी प्रेमिकाको आश ।’

यस्ता फिल्मी डाइलग र प्रेमिल कविता तपाईंले पनि ट्रक र बस वा अरू धेरै गाडीमा देख्नुभएको होला ।विशेष गरी ट्रक तथा बसको पछाडी लेखिएका यस्ता साहित्य लामो तथा छोटो दूरीको सवारी साधनमा देखिन्छन् ।छोटो कविता जस्तो बनाएर लेखिने यस्तो साहित्यलाई पछिल्लो समय ट्रक साहित्य नै भन्न थालिएको छ । गाडीको अगाडिपछाडी लेखिने यस्ता साहित्यले ड्राइभरको रहर, बाध्यता, भोगाइ पनि देखाउँछ ।

फलामले इन्जिन बन्यो, बडी बन्यो फाइबरले

नखरमाउली पोइल गई गाली खायो ड्राइभरले ।

रक्सी पिउने रहर हुँदैन तर नपिएको प्रहर हुँदैन

भागेर जाउँ कुन ठाउँ जाउँ भट्टी नभएको सहर हुँदैन ।

सवारी सधानमा यस्ता कविता वा स्लोगन लेख्न नहुने लेखेको तुरून्त मेट्नु पर्ने बताएकोे थियो । २०७६ साल पौष १७ गतेका दिन यातायात व्यावस्था विभागले सूचना जारी गर्दै गाडीको अघिपछि लेखिने यस्ता कविता मेट्न भनेको हो ।

यद्यपी पछिल्लो समय अधिकांस साना तथा ठुला होस् या छोटो लामो दुरीका सबैखाले सवारीहरुमा देख्न सकिन्छ । यसको नियमन भएको समेत पाँईदै ।विभागले कुनै पनि सार्वजनिक सवारी साधनमा यस्तो स्लोगन, कोटेसन वा कविता राख्न नपाइने जनाएको भएपनि हाल कार्यान्यन भएको पाईँदैन ।

‘गाडी चलाइरहेको ड्राइभरले आफ्नो अघि लेखिएका त्यस्तो कोटेसन पढ्न थाल्दा दुर्घटना हुनेगरेको पाइएको र दुर्घटना कम गर्न निर्णय गरेको उल्लेख गरेको थियो ।’

विभागले निर्णय कार्यान्वयन गर्न सबै यातायात कार्यालयमा चिठी पठाएको थियो ।  सार्वजनिक सवारी साधानमा यस्तो साहित्य वा कोटेसन भेटिए सवारी जाँचपास समेत नहुने भनिएकोमा हाल विभागको परिपत्र नै अलपत्र परेको अवस्था छ । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका तत्कालिन महासचिव सरोज सिटौलाले समेत विभागको निर्णयलाई स्वागत गरेका थिए ।

कहिँकतै उच्छृङखल साहित्य भेटिए पनि कतिपय सवारीको पछि लेखिने यस्तो कविताले देश र समाजको अवस्था पनि झल्काउँथे ।

‘नेपाल त पूरानै ठीक थियो’

‘ देशले कोल्टे फेर्छ भन्थे उत्तानो नै परेछ’

‘कृपया हर्न नबजाउनु होला मेरो देश सुतिरहेको छ’

म मरेपछि मेरो लासको पोष्टमार्टम गर्न नदिनु प्रिय
मुटुमा तिम्रो नाम भेटिँदा अनुसन्धानमा फसौली

संविधान बनेपछि देशले कोल्टे फेर्छ भन्थे
साला देश त उत्तानो नै पो प\यो त गाँठे ।

मनपरेको केटी पो केटी
नत्र सबै चेलिबेटी।

नारीविना श्रृष्टिमात्र हैन, केटाहरुको फेसबुक पनि चल्दैन ।

लोग्ने हिँड्यो साउदीको खाडीमा स्वास्नी चढी अर्कैको गाडीमा
फुल्यो निमपत्ता तीन सालमा फर्किँदा बूढी बेपत्ता ।

घरमा बसे आर्थिक चाप
विदेश हिँडे बूढी टाप ।

माथिका पंक्तिहरु सार्वजनिक सवारीसाधनमा लेखिएका हुन् । यस्ता सायरी, कविता, प्रशिद्ध भनाइ आदि ट्रक, टिप्पर, बस, ट्याक्सी तथा यदाकदा मोटरसाइकलमा समेत देख्न सकिन्छ। मायाप्रेम, हास्य, वेदना, वियोग पोख्ने माध्यम बनेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश