पिलुवा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ पिलुवा स्थीत पिस पार्कमा विश्व वातावरण दिवसका अवसरमा विहिबार विहान विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सोही वडाका अध्यक्ष हरिदेव खरेलले रुद्राक्षको विरुवा रोपेर उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा डुमवाना बहुमुखी क्याम्पसका ब्यवस्थापन समिति अध्यक्ष अनिल कुमार मैनाली, क्याम्पस प्रमुख राधेश्याम शिवाकोटी, निजगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र अर्याल, शसस्त्र प्रहरी ४० नं. रिर्जव गण पिलुवाका प्रमुख एसपी नवराज थापा , नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा लगायतको सहभागिता थियो ।
यस्तै उक्त अवसरमा पूर्व जनप्रतिनीधि तुलसा मैनाली, सामाजिक अगुवा ज्ञानेन्द्र चौलागाई, गोपाल श्रेष्ठ, केदार गौतम, अजुन खरेल, बेनी बहादुर मुक्तान लगायत एकसय बढी जनसहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
ब्रम्हाकुमारी राजयोग सेवाकेन्द्रको संरक्षणमा रहेको पिस पार्क(शान्ति बाटिका)मा बर्षेनी वातावरण दिवसका अवसरमा कार्यक्रम सहित वृक्षरोपण हुँदै आएको छ । परिषरमा आँप, कटहर, लिच्ची, अमला, साल, रुद्राक्ष लगायत विभिन्न महत्वपूर्ण बोट विरुवा हुर्कार्यका छन् । यतीबेला पकक्षेत्रमा लटरम्म फलेका आँप कटहर र लिच्चीले त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको वडा अध्यक्ष खरेलले जानकारी दिनु भयो ।
विशेष कार्यक्रमको अध्यक्षता राजयोगिनी पार्वती बहन, स्वागत गोमा बहन र कार्यक्रमको संचालन तथा सहजीकरण राजयोगी ब्रम्हकुमार गुणराज लामिछानेले गर्नु भएको थियो ।