लाखौं रुपैंयाको नीजि लगानीमा बनेको गीता पाठशाला भवनको भब्य उद्घाटन

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ बैशाख २९, सोमबार (१९ घण्टा अघि)
  • १४३ पटक पढिएको
लाखौं रुपैंयाको नीजि लगानीमा बनेको गीता पाठशाला भवनको भब्य उद्घाटन

बडहर्वा,बारा । लाखौं रुपैंयाको नीजि लगानीमा बनेको गीता पाठशाला भवनको भब्य उद्घाटन गरिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को माथ्लोबडहर्वा निवासी गशेण विक्रम थापा र राधिका(गोमा) थापाले आफ्नै लाखौंपर्ने १० धुर जमिनमा ९ लाख रुपैंयाको लागतमा ४ कोठे सुविधाजनक पाठशाला भवन निर्माण गर्नु भएको हो । उक्त भवनको आईतबार विहान ब्रह्माकुमारीज राजयोग बिरगजं क्षेत्रीय संचालिका राजयोगिनी रविना दिदीले रिवन काटेर भवनको उद्घाटन गर्नु भएको हो ।

ब्रह्माकुमारीज राजयोग सेवाकेन्द्रकी प्रशिक्षीका राजयोगिनी गंगा थापाका माता पिता थापा दम्पती सहित परिवार विगत १५ बर्षदेशी ईश्वारिय भक्तीमा सहभागि हुनुहुन्छ । उहाँहरुले स्वईच्छाले परमात्माको सेवा र साधनामा आफु सहितका सबैलाई सहयोग पुर्याउने हेतुले पाठशाला भवन निर्माण गरेको बताउनु भयो ।

गीता पाठशाला भवन उद्घाटन समाहरोलाई सम्बोधन गर्नुहुँदै विरगजं क्षेत्रिय संचालिका राजयोगिनी रविनाले ब्रह्माकुमारी राजयोगलाई धर्मको नाममा प्रचार गर्न नहुने बताउनु भयो । “यो त राजयोग साधना हो । मुल्य, नैतिक र आचरणका शिक्षा दिने ईश्वारिय महाविद्यालय हो । यहाँ बसेर साधना गर्न र समस्त प्राणि जगतको कल्याण र विश्व शान्ति नै यो अभियान र साधनाको गन्तब्य हो, ” उहाँले भन्नु भयो ।

यस्तै ब्रह्माकुमारीज राजयोग सेवा समिति पिलुवाका संचालक वरिष्ठ राजयोगी गुणराज लामिछानेले गीता पाठशाला ईश्वरिय ज्ञानको पवित्र मन्दिर भएको भन्दै नियमित मन्दिरमा सहभागि भएर साधनाको मीठो फल प्राप्तीको आनन्द लिन सबैलाई आग्रह गर्नु भयो । नेपालमै गीता पाठशाला हजारौं र विश्वमा लाखौंको संख्या संचालनमा रहेको समेत उहाँले बताउनु भयो । नेपालमा मात्रै १५ हजार बढी सेवाकेन्द्र एवं असंख्य पाठशाला संचालनमा छन् । यी सेवाकेन्द्रहरुमा एकलाख जनाबढी राजयोगी साधक साधिकाहरु ईश्वरिय ज्ञान लिईरहेका छन् ,लामिछानेले भन्नु भयो ।

कार्यक्रममा ब्रह्माकुमारीज राजयोग सेवा समिति कलैयाकी संचालिका मीना दिदी, निजगढकी गोमा,नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, नेकपा एमाले जिल्ला कमिटी सदस्य बसन्त खतिवडा, नेपाली काँग्रेस यूवा नेतृ मेघा शाही, काँग्रेस ३ नं.क्षेत्रिय सचिव राजेश भण्डारी, पूर्व शिक्षक ध्रुबप्रसाद सापकोटा लगायत धेरैसँख्यामा स्थानियको सहभागिता थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश