वर्तमान संविधान मास्ने खेल हुँदैछ, स्विकार्य छैन

एकपैसा भ्रष्टचार गरेको प्रमाण लिएर आउनुस् ,फाँसी लाग्न तयार छुः पूर्वमन्त्री साह

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ आश्विन ३, शुक्रबार (३ दिन अघि)
  • २९४ पटक पढिएको
एकपैसा भ्रष्टचार गरेको प्रमाण लिएर आउनुस् ,फाँसी लाग्न तयार छुः पूर्वमन्त्री साह

बारा । संविधान दिवसका उपलक्ष्यमा सुक्रबार बाराको जीतपुरसिमरा उपमहागरपालिका वडा नं.१६ को पिलुवा स्थीत शान्ति बाटिका सहित ३ स्थानमा झण्डोत्तोलन गरिएको छ ।
ब्रह्माकुमारीज शान्ति प्रतिष्ठान , १६ नं. वडा समितिको कार्यालय र महेन्द्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिषरमा राष्टिय झण्डा फहराईएको हो ।

शान्ति प्रतिष्ठान सहितका स्थानमा भएका कार्यक्रमहरुमा पूर्वमन्त्री एवं सांसद ज्वाला कुमारी साहले झण्डोत्तोलन गर्नुभएको हो । प्रमुख अतिथी साहले संविधान रक्षा आजको आवश्यकता भएको बताउनु भयो ।

गत भाद्र २३ र २४ गते जेन्जी यूवाहरुले आयोजना गरेको आन्दोलनमा घुसपैठ भएको भन्दै वहाँले वर्तमान संविधाननै मास्ने खेल भैरहेको प्रति सजक रहनुपर्ने बताउनु भयो ।

“राजनैतिक दलहरुलाई पाखा लगाएर देशमा अशान्ति मच्चाउन चाहने शक्ति सक्रिय हुन खेजेका छन् । कुनैपनि हालतमा स्विकार्य हुने छैन । हजारौंको वलिदानी र संघर्षमा लेखिएको वर्तमान संविधान मास्न खोज्नेहरु परिचालित अपराधिक तत्व हुन्”, पूर्वमन्त्री साहले भन्नु भयो ।

वहाँले जेन्जी आन्दोलनका नाममा अपराधिक समुहले आफ्नो घर सहित राज्यका अभिन्न सार्वजनिक सम्पतीमा आगजनी गरेको बताउनुभयो । उहाँले भ्रष्टचार गरेर बनाएको घर भन्दै मेरो घरमा आगो लगाउनेहरुलाई चुनौती दिन चाहन्छु । एक पैसापनी भ्रष्टचार गरेको प्रमाण लिएर आउनुस् । तपाईकै अगाडी फाँसी लाग्न तयार छु , भन्नुभयो ।

शसस्त्र प्रहरी रिजर्व गण पिलुवाका प्रमुखले अप्यारो परिस्थीमा असहोग गरेको उहाँको आरोप थियो । शसस्त्र प्रहरीको सो दिनको भुमिकालाई लिएर आक्रोश पूर्वमन्त्री साहले देशमा धेरैखाले आईजिपी जरुरी नभएको भन्दै शसस्त्र प्रहरीलाई नेपाल प्रहरीमा समायोजन गर्नुपर्ने बताउनु भयो ।

“हिजो हुलदंगा नियन्त्रण सहित जनताको जीउधनको रक्षार्थ कानुननै बनाएका थियौं । तर आज यो प्रहरी संगठनको भुमिकाले हिजो संविधानसभामा बसेर कानुन बनाउने हामीले गल्ती गरेको महसुस भयो,” उहाँले दुःख ब्यक्त गर्नुभयो । गणको दुईसय मिटर दुरीमा रहेको मेरो घर जलिरहँदा शसस्त्र प्रहरी प्रमुखको भुमिका र ब्यवहारले मर्माहत बनायो, साहले भन्नुभयो ।

कार्यक्रममा १६ नं. वडा अध्यक्ष हरिदेव खरेल,डुमरवाना क्याम्पसका अध्यक्ष अनिल कुमार मैनाली, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, शसस्त्र प्रहरी ४० नं. रिजर्भ गण पिलुवाका प्रमुख एसपी नवराज थापा लगायत सहभागी थिए ।

ब्रह्माकुमारीज शान्ति प्रतिष्ठान पिलुवाकी संचालिका पार्वती अधिकारीको अध्यक्षता, ब्रह्माकुमारीज,पर्र्यटन तथा यातायात प्रभाग ननेपालका राष्टिय संयोजक गुणराज लामिछानेको स्वागत एवं निजगढकी गोमा अधिकारी( गोमा बहिन)को संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै वडा नं.१६ को कार्यालय महिन्द्रनगर सुखुवाघाटको कार्यालय भवनको छत तथा महेन्द्रनगर खानेपानी समितिको कार्यालय परिषरमा समेत पूर्वमन्त्री साहले राष्टिय झण्डा फहराउँदै संविधान रक्षाका पक्षमा बोल्नु भयो ।

कार्यक्रममा वडा अध्यक्ष हरिदेव खरेल, वडा समिति सदस्यहरु हेमबहादुर बुर्जा,सोममाया रिमाल, पवित्रामाया कार्की, पूर्व वडा सदस्य रेखा नेपाली,रविन्द्रराज भण्डारी, पाण्डु सापकोटा, खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष पुष्पराज थापा, ब्यवस्थापक सुनिता वाईवा, प्राविधिक प्रकाश लामा लगायत सहभागि थिए ।

यसैगरी आजै सोही १६ नं. वडा समितिको सेवा कार्यालय टाँगियाबस्तीमा समेत संविधान दिवस विशेष कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष हरिदेव खरेलले बताउनु भयो । राष्टिय झण्डा फराउने सहितको कार्यक्रममा वडा समिति सदस्य प्रेमबहादुर गोले, स्थानिय सामाजिक अगुवा रमेश सापकोटा, जनक राई लगायत सहभागि थिए ।
मंगलबार र सुक्रबार गरी साताको दुईदिन टाँगिया स्थीत सेवा कार्यालयबाट वडाले सेवा संचालन गर्दै आएको वडाअध्यक्ष खरेलले जानकारी दिनुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश