बारा । साना किसान कृषि सहकारी संस्था लिमिटेडहरुको आयोजनामा सुक्रबार जीतपुरसिमरा–१६ को होटल ग्रीनलाईट पिलुवामा जिल्ला स्तरिय बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
सहकारी संस्थाहरुको २०८२ असार मसान्तको बार्षिक प्रगती, भोग्नु परिरहेका समस्या र समाधानका उपायहरुमाथी छलफल गरि समाधानका उपायको खोजी गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
‘जिल्लाका १७ वटा साना किसान कृषि सहकारी संस्थाका सहभागी अध्यक्ष एवं प्रबन्धकहरुले संस्थाहरुमा आर्थीक मन्दिको असर परेको । कर्जा असुलीमा समस्या भैरहेको । लगानी वृद्धि हुन नसकेको । कर्जा तिर्नु पर्दैन भन्नेहरुको प्रभाव परेको जस्ता समस्या देखाएका थिए ।, कार्यक्रममा सहभागी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५मा रहेको साना किसान कृषि सहकारी संस्था डुमरवानाका मुख्य प्रबन्धक प्रकाश रिमालले जानकारी दिए ।
समस्या समाधानमा सबै मिलेर लाग्नु पर्ने । कर्जा तिर्नु पर्दैन भन्नेहरुको लहलहैमा नलाग्न आफ्ना सदस्यहरुलाई सम्झाउने । सदस्यहरुको आयआर्जनमा सहयोग पुग्ने गरि उत्पादन मुलक कार्यक्रममा जोड दिनुपर्ने जस्ता समस्या समाधानका उपाय छलफलमा उठेको प्रबन्धक रिमालले बताए ।
साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय हेटौंडाको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो । सहकारी संस्थाका ३४ जनाको सहभागिता थियो । साना किसान कृषि सहकारी संस्था लि. डुमरवाना, मनहर्वा, फत्तेपुर,सपही, अमाव, तेतरिया, सिम्रौनगढ, मोतिसर, प्रर्सौनी लगायतका संस्थाको कार्यक्रममा प्रतिनित्व थियो ।
बारा जिल्लाका यी साना किसान कृषि सहकारी संस्थाहरुमा ३१ हजार १५६ घरपरिवार आवद्ध छन् । ३३ करोड २० लाखको शेयरपूँजी, २ अरव ९६ करोड ८ लाख निक्षेप र ३ अरब ९८ करोड ३८ लाख रकम सदस्य विचमा लगानीमा रहेको कार्यक्रममा जानकारी दिईयो ।
सदस्यहरुले ७ प्रतिशत सम्ममा सहुलिय कर्जा पाउँदै आएका छन् । सदस्य राहत, सदस्यका पशुको शुरक्षण कार्यक्रम, वीउ उल्पादन, चामल, कृषि यान्त्रीकरण सेवाहरु , विभिन्न सीपमुलक तालिमहरु, सामाजिक कामहरु समेत संचालन गर्दै आउको रहेको सहभागी संस्थाका प्रतिनिधिहरुले बताए ।
कार्यक्रम साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. शाखा हेटौंडाका प्रबन्धक भोला प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो । साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, उपाध्यक्ष नयनकला खड्का, प्रस्तावित मधेश प्रदेश कृषि प्रादेशिक संघकी उपाध्यक्ष कमला अधिकारी, लघुवित्त संस्थाका अधिकृतहरु विष्णु प्रसाद कालाखेती, शेखर दवाडी, रामबाबु सिंह समेत कार्यक्रममा सहभागी थिए ।