सदस्य महिलाको माईती घर : साना किसान सहकारी, ३ हजार ५ सय महिलाले खाए सामुहिक दर

तीजमा रमाउन र दरखान मधेशी महिलाहरु सक्रिय
  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ भाद्र ७, शनिबार (२ हप्ता अघि)
  • २९६ पटक पढिएको
सदस्य महिलाको माईती घर : साना किसान सहकारी, ३ हजार ५ सय महिलाले खाए सामुहिक दर

|मधेशी महिलाहरुका विचमा नाच्दै सांसद ज्वाला कुमारी साह

बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.१८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था हरेक बर्ष तीजमा आवद्ध शेयर सदस्य महिलाहरुको माईती बन्ने गरेको छ ।

विगत ८ बर्ष देखी सहकारी संस्थाले आफ्ना ३ हजार ५ सय बढी महिलाहरुलाई तीजका अवसरमा दर खाने र रमाउने ब्यवस्था गर्दै आएको छ । संस्थाका ३२ वटा टोल समुह तथा वडा समिति(अन्तर समुह)मा रहेका सदस्यको अनुपातमा ४ देखी १७ हजार सम्म रकम संस्थाले दिने गर्दछ । यसरी संस्थाबाट पाएको रकममा सदस्यहरुले समेत थप गरेर दर सहितका सांगितिक कार्यक्रम, धार्मिक स्थलहरुको भ्रमण एवं टिका, चुरा, पोते वितरण गर्दै आएका सहकारी संस्था अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो ।
यसबर्ष पनि यस्ता कार्यक्रमहरु भैरहेका छन् । यस्ता कार्यले महिला शसक्तिकरण र तेत्रृत्व विकासमा ठुलो महत्व राख्ने गरेको छ । भने संस्थाले टाढा माईती भएकाहरु, माईती जान नपाउनेहरु , माइती नभएकाहरु, तीज मनाउने दर खाने र रमाउन नपाउने महिलाहरुलाई लक्षित गरेर सुरु कार्यक्रम सुरु गरेको थियो ।

पछिल्लो समय सबैखाले सदस्य महिलाहरुको माईती बनेर एकदिन खाने रमाउने वातावरण बनाउने काम गर्दै आएको अध्यक्ष खड्काले बताउनु भयो । वहाँहरुको योगदानका केही रकम यस कार्यक्रममा खर्च हुन्छ । यसक्रममा सहकारीका विभिन्न गतिविधि सदस्यका विचमा पुग्छन् । संस्थाप्रति सदस्यको भुमिका र जीम्मेवारी थप बलियो हुने गरेको पाएका छौं, वहाँले भन्नु भयो ।

तीजमा रमाउन र दरखान मधेशी महिलाहरु सक्रिय

तीजमा रमाउन दरखान पहाडी मात्रै हैन मधेशी समुदायका महिलाहरु सक्रिय हुन थालेका छन् । उनीहरुपनि उत्तीकै खुलेर रमाउन थालेका छन् । सहकारीको अग्रसरता र नेतृत्वमा समेत महिलाहरुको ठुलो सहभागिता छ । आफैं आयोजक बनेर मधेशी महिलाहरुले तीजमा दर खाने र रमाईलो गर्न अग्रसर हुने क्रम बढेसँगै मधेशमा तीजको प्रभाव दिननुदिन बढिरहेको , संस्थाकी उपाध्यक्ष श्यामता कुमारी रामले बताउनु भयो ।

तीज २०८२ को अवसरमा साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सेवाकेन्द्र उत्तर झिट्कैंयाले शनिबार स्थानिय सामुदायिक वनको पिकनिक पार्कमा सामुहिक दर खाने कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा पूर्वमन्त्री एवं बारा क्षेत्र नं.३ बाट निर्वाचित संघिय सांसद ज्वाला कुमारी साह प्रमुख अतिथिका रुपमा सहभागि हुनु भएको थियो । मधेशी महिलाहरुको ब्यापक उस्थीतिमा आयोजित कार्यक्रमा उहाँले महिला शसक्तिकरणका विषमा कुरा राख्दै सहकारीको तीज अभियानको प्रशंसा गर्नु भयो ।

उहाँले महिला कमजोर नरहेको भन्दै समाज रुपान्तरण महिला अगाडी लागे मात्रै परिर्वन संभव भएको बताउनु भयो । उहाँले अव श्रीमान् र घर परिवारका लागि महिला समस्या नभएर समाधान बन्नु पर्ने । एकले आर्काका पिडा साथ दिनु पर्ने । अडान रहने । यथार्य नबुझि लहैलहैमा लाग्न नहुुने भन्दै महिलाहरुलाई उर्जा दिने प्रयास गर्नु भयो । सांसद साहको मन्तब्यसंगै सामुहिक तृत्यमा खुलेर नाचगान समेत गर्नु भयो । पूर्वमन्त्रीलाई महिलाहरुले तानेर नेपाली तथा भोजपुरी तीजका गितमा धेरैबेर आफुहरुसँगै नचाए ।

महिलाहरुलाई दर खान यूवाहरुको सहयोग

स्थानिय यूवाहरुको विकास क्लब, स्थानिय सुहानी ईग्लीस बोर्डिङ्ग स्कुल, कलैया उपमहानगरपालिका वडा नं.१६ को सहयोगमा सामुहिक दर कार्यक्रम भएको सेवाकेन्द्र उत्तरझिट्कैंयाका प्रमुख मुकुन्दराज यादवले जानकारी दिनु भयो । क्लबका सदस्यहरु पोशाक सहित आएर कार्यक्रम ब्यवस्थापन र अतिथीको सत्कारमा सक्रृय सहभागि थिए । स्कुलका बालबालिकाले एकदर्जन सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

यस्तै वडा कार्यालयले सहभागिका लागि पिउने पानिका १हजार २ सय बोतल पानि, ४० हजार नगद सहयोग गरेको थियो । यसैगरी १६ नं. वडाका अध्यक्ष शेषनाथ साहले ब्यक्तिगत रुपमा नृत्यमा सहभागि बालबालिका र समाचार संकलनमा आएका पत्रकारहरुलाई प्रतिब्यक्ति ५ सय र एकहजार रुपैयाका दरमा करिब २० हजार रुपैंया नगद समेत सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, वडा सदस्य ओमप्रकाश यादव स्थानिय सामाजिक अगुवा शिवनाथ पटेल, शान्ति वन बाटिका हृदयनारायण यादव, अनिल कुशवाहा, महिला अगुवा उमरावती यादव, सामाजिक अगुवा गोरख यादव, पुनदेव साह, छविलाल यादव लगायत दर्जनौ अतिथीहरु कार्यक्रममा सहभागि हुनु भएको थियो ।

कार्यक्रम संस्थाकी अध्यक्ष नयनकला खड्काको अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्यामता कुमारीले स्वागत एवं संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाले संस्थागत जानकारी राख्नुभएको थियो ।

कार्यक्रमको पर्साको १प्लस टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गरेको थियो । पत्रकार श्याम पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश