बारा ।“रक्तदान गरौं, जीवन बचाऔं“ नाराका साथ देशका अधिकांश शहरहरुमा रक्तदान शिविर भैरहेको छ । ब्रह्माकुमारीज समाज सेवा प्रभागको आयोजनामा आजबाट शिविर सुरु भएको हो ।
विशव बंधुत्व दिवस र राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्य तिथिमा अवसरमा विशाल रक्तदान अभियानको आयोजना गरिएको हो । यसैक्रममा बाराको सिमरा र वरियारपुर सेवाकेन्द्रमा आज सुक्रबार विहान ७ बजेदेखी शिविर संचालन भैरहेको छ ।
अपराहन्न ३ बजेसम्म रहने बताईएको छ । भने शनिबार कलैया, कोल्हवी, बिरगंज, चन्द्रनिगाहपुर र गौर सेवाकेन्द्रमा रक्तदान शिविर शिविर हुने राजयोग सेवाकेन्द्र कलैयाकी शुष्मा वहनले जानकारी दिनु भयो ।
सोही अवसरमा सुक्रबार ब्रह्ममाकुमारी राजयोग सेवा केन्द्र, कलैया, ब्रह्माकुमारीज समाज सेवा प्रभागले प्रभातफेरिको आयोजना समेत गरेको छ । कार्यक्रममा ब्रह्ममाकुमारी राजयोग सेवाकेन्द्रमा समर्पित भाईवहन, दिदीहरुसँगै सुभचिन्तकहरुको उल्लेखिय सहभागिता थियो ।