बिरगंजमा `मधेस टुरिजम मिट् २०२५´ सम्पन्न

बिरगंजमा `मधेस टुरिजम मिट् २०२५´ सम्पन्न

सिमरा ।

मधेस प्रदेशमा पहिलो पटक नेपाल पर्यटन बोर्ड र सम्बन्धित पालिकाहरुको सहयोग सहकार्य तथा NATTA मधेस प्रदेशको संयोजनमा कार्यक्रम आयोजना भएको छ ।

जनकपुर उपमहानगरका प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रमको बिरगंजमा एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालका विभिन्न सङ्घ संस्थाहरु, भारतको बिहार, उत्तरप्रदेश र सिक्किम, कलकत्ताबाट समेत सहभागीहरु उपस्थित भएको कार्यक्रमा नेपालको सातै प्रदेशबाट पर्यटन व्यवसायीहरुको जमघट गरि मधेसमा पर्यटक भित्र्याउन सकिने विभिन्न सम्भावनाहरुको खोजी गरी मधेसका नाकाहरुबाट नेपालकै बिभिन्न ठाउमा रहेका प्रमुख गन्तव्यको बिषयमा प्याकेज सहित जानकारि गराउन मधेस टुरिजम मिटको आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्ड , NATTA केन्द्र ,जनकपुर उपमहानगरपालिका , जलेश्वर नगरपालिका, बागमती नगरपालिका, स्थानिय उधोग बाणिज्य सङ्घहरु लगाएतको समन्वयमा ४ दिने कार्यक्रम सम्पन्न भएको हो ।
बिरगंजमा आयोजना गरिएको समापन कार्यक्रमा महानगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम NATTA मधेस प्रदेशका अध्यक्ष तथा कार्यक्रम संयोजक मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण NATTA मधेस प्रदेश सचिव शिवम साहले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश