शान्ति, शुरक्षा र अमनचयन कायम पहिलो प्रथमिता : सिमरा डिएसपी जोशी

  • ई-गुनासो
  • / अपराध /
  • २०८२ जेष्ठ २६, सोमबार (१ हप्ता अघि)
  • १९९ पटक पढिएको
शान्ति, शुरक्षा र अमनचयन कायम पहिलो प्रथमिता : सिमरा डिएसपी जोशी

सिमरा :ईलाका प्रहरी कार्यालय सिमरामा दुईदिन अघि हाजिर भएका डिएसपी वेदप्रकाश जोशीले सोमबार जिल्लाका पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेका छन् ।
ईलाका प्रहरी सिमराका प्रहरी प्रमुख जोशीले प्रहरीको कानुनी अधिकारलाई स्थानिय सरकार ,पत्रकार लगायत सबैसँग निकाय समुदायहरुसँग मिलेर काम गर्ने बताए ।
मधेश बुझेको तर जिम्मेवारी पहिलो पटक मधेश प्रदेशको सिमरामा पाएको सुनाउँदै प्रहरी नायव उपरिक्षक जोशीले आफ्नो क्षेत्रको शान्ति शुरक्षा र अमनचयन कायम राख्न दिनरात लागि पर्ने बताए ।

जनताका समस्या, सेवाग्राहीका काम छिटो छरितो ढंगले निरुपणमा प्रामिकतामा राख्दै, सबैसँग हातेमालो गरेर समाजलाई सुशासनको प्रत्याभुती गराउन आफु नचुक्ने उलको भनाई थियो ।

यसैक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले पत्रकारलाई सुराकीको रुपमा प्रयोग नगर्न, उनीहरुको शुरक्षासँगै सामाज रुपान्तरणमा हातेमालो गर्न जोशलिाई सुझाव दिए । उनले पत्रकारहरुलाई सत्यतथ्य, प्रमाणीत सुचना र समाजलाई दिशानिर्देश गर्ने समाचार लेख्न कोहीसँग डराउन नपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, पूर्व उपाध्यक्ष राकेश पाण्डेय,पूर्व प्रदेश महासंघ सदस्य महेश्वर अधिकारी, मानवअधिकार एलान्स मधेश प्रदेशका अध्यक्ष अनिल तिवारी, पत्रकारहरु विदुर खड्का ,शारदा पोखरेल,मनोज साह, अघिलेश यादव लगायत एकदर्जन बढीको सहभागिता थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश