कलैया-गंजभवानिपुर सडकको कन्तविजोग : जनतालाई सास्ती ,बेखबर स्थानिय सरकार

कलैया-गंजभवानिपुर सडकको कन्तविजोग : जनतालाई सास्ती ,बेखबर स्थानिय सरकार

|कलैया-गंजभवानीपुर जीर्ण सडक

पुष्पराज खतिवडा,बारा । स्थानिय तहहरुले राज्यबाट पाउने करोडौं रकम के काममा खर्च गरिरहेका छन् । आन्तरिक आम्दानी समेत बलियो भएका पालिकाहरुको प्रामिकतामा जनसरोकारका विषय खासै पर्ने नगरेको स्थानियको आरोप छन् । सडक, विजुली, खानेपानी , शिक्षा र स्वास्थ्य प्राथमितामा पर्नुपर्ने हो । तर त्यस्तो देखिने÷पाईने गरेको भने छैन ।

लाखौं सर्वसाधारणले दिनहुँ कष्ट भोग्नु परिरहेको छ । यसको ज्वलन्त उदाहरण हो । कलैया गजंभवानीपुर सडक । पसाहखोला पारी गजंभवानीपुर वारी कलैया करिब ३ किलो मिटर यो सडकको कन्तबिजोगले दैनिक लाखौं सर्वसाधारण चपेटामा छन् । साँघुरो त्यसमाथी सडकमा परेका बढेमानका खाल्डाखुल्डीले सास्ती पाईरहँदा यहाँका स्थानिय सरकार र तीनका प्रतिनीधि अनदेखा गरिरहेका छन् ।

दैनिक यो सडकमा सानाठुला गरी हजारौं सवारीले विद्यार्थी, विरामी र सर्वसाधारण बोकेर जोखिम मोलेरै गुडिरहेका छन् । सडकको हालत बिजोकको छ , तर बाध्यता छ गजंभवानीपुरका मनिक पटेलले बताए । महागढिमाईनगरपालिका महत्वर्पूण ब्यपारिक केन्द्रको रुपमा परिचित गंजभवानीपुर बजार क्षेत्रकै सडकको विजोग छ । ग्रावेल सडक त्यसमाथी फोहरले छोपेको छ । बढेमानका खाल्डा बजारका विचमै छन् । तरपनि पालिकाको ध्यान पुगेको देखिँदैन उनले दुखेसो गरे ।

कलैया–गंजभवानीपुर दैनिक दुईचारपटक गर्ने गरेको सुनाउने साना सवारी अटोका चालक कलैया निवासी भैरव यादवले यो सडकमा गाडीमा यात्रु बोक्दा कमाएको पैसा कहिलेकाँही अटो मर्मतमै पुग्दैन । खल्डैखाल्डा छन् । नचाहाँदा पनि खाल्डामा गाडी हाल्नु पर्छ । सडकनै साँघुरो छ ,त्यसमाथी खत्तम् के गर्नु हजुर उनले सुनाए ।

कलैया उपमहानगरपालिकाको वडा नं.२७ र महागढिमाई नगरपालिकाको वडा नं.१० भित्रको सडक निर्माणमा प्रदेश सरकारले चासो देखाएर पनि काम नगरेको कलैया २७ का वडा अध्यक्ष अशोक कुमार तीवारीले बताए । “म निर्वाचित भएकै ३ बर्ष भयो । त्यहीबेला नापी नक्सा, डिपिआर गरेको प्रदेश सरकारको अत्तोपत्तो छैन ।

गढिमाईमेलाका बखत कलैया उपमहानगरले आफ्नो क्षेत्रको रामपुरदेखी मलहनी सम्मको करिब डेढकिलो मिटर क्षेत्रमा एकलाख रुपैंया खर्चेर ग्रावेल गरेरको थियो । त्यसयता पालिकाको समेत बेवास्थामा परेको छ यो सडक । खाल्डाखुल्डीका कारण हामी आजित छौं ,” वडाअध्यक्ष तिवारीले सुनाए ।

७७ करोड ५५ लाख बढी आय भएको महागढिमाईनगरपालिका क्षेत्रका अधिकाँस ग्रामिण तथा सहायक सडकहरुको अवस्था दयनियनै छन् । पालिकाले आफ्नो बजेटबाट सडक निर्माण एवं सडक सुधारमा खर्च गरिरहेको जनाएपनि वडा नं.१० र ३ क्षेत्र गंजभवानीपुरलाई भने उपेक्षा गरेको छ, वडा नं.१० निवासी स्थानिय संचारकर्मी शिवशंकर मिश्राले बताए । उनका अनुसार पालिकाले प्रदेश, प्रदेशले केन्द्र देखाउँछन् । सडकको हालत बेहाल छ । स्थानिय जनप्रतिनीधिहरुलाई चासो छैन । स्थानिय सरकार प्रभावकारी नहुँदा जनताले दुःख पाएका छौं, उनले गुनासो गरे ।

यस्तै महागढिमाई नगरपालिका वडा नं.१० का अध्यक्ष चन्दन कुमार साहले गढीमाई मेलाका बखत मर्मत गरिएको त्यसयता भएको छैन । “वल्डबैंकको सहयोगमा यो सडक निर्माण गर्ने भनी ३/४ महिना एउटा टोली आएको थियो । सडक क्षेत्रका वडा प्र्रतिनिधीहरुको भेलाले आवश्यक सहयोग गर्ने लगायतका निर्णय सिफारिस समेत गरिदियौं ।” उनले भने ।

त्यतीमात्रै नभएर “१५ दिन भित्र सामान झार्छांै । ठाउँ दिनु भने । हामीले ठाउँको ब्यवस्था पनि गरिदियौं । तर त्यसरी गएको टोली पुनः फर्केर जानसम्म आएको थाहा छैन । हामी बेखबर छौं । सोही कारण पालिकाले पनि यो सडक मर्मतमा वास्ता गरेको छैन । बाटो र बटुवा हामी सबैले दुःख पाईरहेका छौं,” वडाअध्यक्ष साहले सुनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश