पिलुवा । बारा क्षेत्र नं.३ बाट निर्वाचित संघिय सांसद ज्वाला कुमारी साहले पिलुवा स्थीत पिस पार्कलाई मधेश प्रदेशकै थप पर्यटकिय गन्तब्यका रुपमा विकास गरिने बताउनु भयो ।
जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.१६ पिलुवा स्थति शान्ति बाटिका(पिस पार्क)मा मंगलबार विहान आयोजित पार्क क्षेत्रमा निर्माण हुने संरचनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहूँदै पूर्वमन्त्री समेत रहनुभएकी सांसद साहले यस्तो बताउनु भएको हो । उहाँले पर्यटकिय स्थान पिस पार्कको विकास र शंरक्षणमा आफुले सँधै सहयोग गर्ने बताउनु भयो । यसकार्यमा सबैको साथसहयोग आवश्यक हुनेछ ,उहाँले भन्नु भयो ।
सीता जयन्तीका अवसरमा ब्रह्माकुमारीज शान्ति प्रतिस्ठान पिलुवा परिवारद्वारा आयोजित शान्ति पार्कको शिलान्यास सहित विशेष कार्यक्रमपछि पार्क क्षेत्रमा मधेश प्रदेशको पर्यटन कार्यालयको करिब २५ लाख रुपैंयाको लागतमा विभिन्न संरचना निर्माणको थालनी समेत भएको छ ।
ब्रह्माकुमारीज शान्ति प्रतिस्ठान पिलुवाको अनुरोध र सांसद साहको पहलमा बजेट प्राप्त भएको पिलुवा स्थीत राजयोगका संचालक गुणराज लामिछानेले जानकारी दिनु भयो ।
शिलान्यास कार्यक्रम पूर्वमन्त्र साह, नेपाल संकृत विश्वविद्यालय बेलझुण्डी दाङका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, एमाले जिल्ला सचिव अमृत शर्मा बजगाई, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का अध्यक्ष हरिदेव खरेल,शसस्त्र प्रहरी वल नेपाल ४० नं.रिजर्भ गण हे.क्वा. पिलुवाका गणपति एसपी नवराज थापा, कलैया उपमहानगरपालिकाका कार्यकारी अधिकृत नाथु साह, डुमरवाना क्याम्पसका अध्यक्ष अनिल कुमार मैनाली लगायतको सहभागिता थियो ।