अझै भेटिएन हेटौंडामा जमिनमुनि भासिएको बलेरो गाडी

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ बैशाख २१, आईतबार (११ घण्टा अघि)
  • ४९ पटक पढिएको
अझै भेटिएन हेटौंडामा जमिनमुनि भासिएको बलेरो गाडी

|जमिनमुनि गाडी भासिएको स्थान ।

मकवानपुर । एक्कासी जमिनमुनि भासिएको बलेरो गाडी बेपत्ता भएको छ । हेटौंडामा शुक्रवार अपरान्ह आश्चार्यजनक रुपमा माछा बोक्ने सिङ्गल क्याप सडकमै गाडी भासिएर वेपत्ता भएको हो ।

मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना गैरीगाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको हो ।

उनका अनुसार रोकिराखेको ठाउँमा एक्कासी सडक भासिँदा उक्त भ्यान बेपत्ता भएको हो । गाडी भासिँदै गएपछि स्थानमा पानीको दह बनेको प्रवक्ता अर्यालले बताउनुभयो ।

गाडीका चालक र सहचालक भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताए । गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ ।

पानीमा भासिएको गाडी नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश