दुईसय २५ किलो लागुऔषध गाँजा सहित ४ जनालाई पक्राउ

दुईसय २५ किलो लागुऔषध गाँजा सहित ४ जनालाई पक्राउ

|प्रहरी बरामद गरेको गाँजा सहित पक्राउ परेका ब्यक्तिहरु

बारा प्रहरीले विशेष सूचनाको आधारमा गएराति २ सय २५ किलो लागुऔषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका ट्याक्टर चालक आदर्शकोतवाल गाउँपालिका वडा नं. ३ बाताराका ३० बर्षिय नन्दकिशोर मुखिया बिन छन् ।

यस्तै मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ४ बस्ने २१ बर्षका कमाण प्रजा, मकवानपुर जिल्लाकै कैलास गाउँपालिका ४ देवतिस बस्ने २४ बर्षिय सिताराम प्रजा र बकैया गाउँपालिका ५ छतिवन बस्ने २२ बर्ष नवराज मगर रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बारागढीका प्रहरी निरिक्षक कुसुम नायकको कमाण्डमा खटिएको टोलीले आदर्शकोतवाल गाँउपालिका वडा नं.३ बातारामा टेक्टरमा लोड रहेको अवस्थामा गाँजा बरामद गरेको हो । खेतमा पार्किङ गरी राखेको प्र.२–०३–००१ त ४८७६ नम्बरको ट्याक्टर शंका लागि चेकजाँच गर्दा टेलर मुनि फल्स बटन बनाई १५ वटा कार्टुन गाँजा लुकाई राखेको पाईएको थियो ।

लागू औषध गाँजा वरामद ओसार पसार कार्यमा संलग्न रहेको आरोपमा टेक्टरका चालक समेत ४ जना व्यक्तिहरूलाई नियन्त्रण लिईएको हो । पक्राउ परेका ब्यक्ति उपर आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश