पाईल्स (बावसिर) फिसर र फिस्टुला रोगको निःशुल्क परिक्षण सम्पन्न

परिक्षण गरिएका मध्य १६ जनामा पाईल्सको समस्या जटिल
पाईल्स (बावसिर) फिसर र फिस्टुला रोगको निःशुल्क परिक्षण सम्पन्न

बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लि. र मोरङ्गको उर्लाबारीमा रहेको एन्जल फाउण्डेसनको सहकार्यमा एकदिने गूप्तरोग परिक्षण शिविर सम्पन्न भएको छ ।

सहकारी संस्थाको बडहर्वा कार्यालयमा सुक्रबार आयोजित शिविरमा ३७ जनाले निःशुल्क मलद्वारको परिक्षण सेवा लिएको सहकारी संस्थाले जनाएको छ । एन्जल फाउण्डेसनको चिकित्सक सहितको प्राविधिक टोलीले मलद्वार सम्बन्धी रोगको परिक्षण गरेको हो ।

पाईल्स (बावसिर) फिसर र फिस्टुला रोगको निःशुल्क परिक्षण गरिएको हो । परिक्षण गरिएका मध्य १६ जनामा पाईल्सको समस्या जटिल पाईएपछि उपचारका लागि सल्लाह दिईएयो भने यस क्रममा ५ जनाको उपचार समेत भयो, फाउण्डेसनका महाप्रबन्धक सन्तोष कार्कीले बताउनु भयो ।

रोग देखा परेका र समस्या भोगिरहेकाहरुलाई फाउण्डेसनको निगरानीमा निश्चीत शुल्क लिएर उपचार गरिदिने प्रबन्ध समेत शिविरका क्रममा गरिएको उहाँले बताउनु भयो ।

उपचार पश्चात पनि दक्ष चिकित्सकहरुबाट स्थानिय स्तरमै नियमित फलोअप गर्ने, औषधी उपलब्ध गराउने, नियमित सरसफाई र खानपानका विधि सिकाउने काम फाउण्डेसनले गर्ने छ । रोग पूर्ण रुपमा ठिक पारेर विरामीको डिस्चार्ज गरेपछि मायाको चिनो दिँदै विदा लिने छौं , कार्कीले भन्नु भयो ।

चिकित्सकले परिक्षण गर्दा रोगको अवस्था हेरी जटिल हुनेहरुलाई तेस्रो र थोरैक जटिललाई दोस्रो ग्रेड र समस्या नभएकालाई पहिलो ग्रेडमा विभाजन गर्ने छन् । जटिल समस्या भोगिररहेका विरामले तत्काल उपचार चाहे शूल्क तिर्नुपर्ने छ ।

तेस्रो ग्रेडमा पर्ने विरामीले ३० हजार र दोस्रो ग्रेडमा परेका विरामीले २५ हजार रुपैंया किस्तागत रुपमा बुझाएर उपचार गर्न सक्ने ब्यवस्था गरिएको ,उहाँले जानकारी दिनु भयो । विरामीको अवस्था परिक्षण, उपचार अघि गरिने रगतका विभिन्न परिक्षण भने निःशुल्क गरिने महाप्रबन्धक कार्कीले बताउनु भयो ।

फाउण्डेसनले कोशी प्रदेशका ७ ,मधेश प्रदेशका ८ र वाग्मतीका चितवन र मकवानपुर गरी १७ वटा जिल्लामा सेवा संचालन गरिरहेको उहाँले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश