श्रम स्विकृती नलिई बैदेशिक रोजगारीमा जानु जोखिम हुुन्छ है

श्रम स्विकृती नलिई बैदेशिक रोजगारीमा जानु जोखिम हुुन्छ है

बारा । श्रम स्विकृती नलिई बैदेशिक रोजगारीमा जानु जोखिम हुने सुरक्षित आप्रवासन(सामी) कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सरोज कुमार सिंहले बताउनु भयो ।
सुक्रबार जिल्ला सदरमुकाम कलैयामा सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी पत्रकारहरुसँगको अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा सिंहले श्रम स्विकृती नलिई श्रमका लागि विदेश जानु गतल हुने बताउनु भएको हो ।

श्रम स्विकृती नलिएर बैदेशिक रोजगारीमा रहँदा आईपर्ने जोखिममा राज्य जिम्मेवार हँुदैन । यसकारण स्वमं ब्यक्ति र आश्रित परिवार आर्थिक लगायतका विभिन्न संकटमा पर्ने हुनसक्छ । तेसैले श्रम स्विकृती अनिवार्य छ । श्रमिक विदेशमा अलपत्र पर्दा , मृत्युवरण गर्दा, दुर्घटनामा परि अंगभंग भएका वखत र ठगिमा पर्दा राज्यले आवश्यक सहयोग सहायता गर्ने सुनिस्चतता हुन्छ ,उहाँले भन्नुभयो ।

अपाङ्ग हुँदा नियमित सहायता रकम, बालबालिकाको शिक्षामा राज्यले सहयोग गर्ने छ । मृत्यु भए शव झिकाउने, घर सम्म शव ल्याईदिने र आश्रित परिवारलाई सहायता रकम प्रदान गर्ने गरी राज्यले बैदेशिक रोजगारीमा श्रम स्विकृती लिएर जाने श्रमिकको हकमा कानुली ब्यवस्था गरेको छ , उहाँले भन्नुभयो ।

संयोजक सिंहले सामीले सके सम्म स्वादेशमा नै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जानेनै भए प्रयाप्त सुचना र सीप सिकेर मात्रै जाँदा शुरक्षित भईने बतताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय, सहित जिल्लाका कलैया उपमहानगरपालिका, सिम्रौंनगढ,कोल्हबी नगरपालिका बारागढी गाउँपालिकासँगको सहकार्यमा सामीले सुरक्षित आप्रबासन (सामी कार्यक्रम गर्दै आएको छ ।

सामीले जिल्लाका १३ हजारबढीलाई तालिम र ४५० बढीजनालाई विभिन्न सहयोग प्रददान गरेको कार्यक्रम संयोजक सिंहले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश