बारा ।सदरमुकाम कलैया सहित जिल्लामा अबैध संचालनमा रहेका एक दर्जन अस्पतालहरुमा मुख्यमन्त्रीले छापा मारेर बन्द गरिदिएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार बाराको कलैयामा सञ्चालनमा रहेका १२ वटा निजि अस्पतालहरु बन्द गर्न निर्देशन दिएका हुन् ।
प्रादेशिक अस्पतालसँगै सदरमुकाम कलैयामा संचालनमा रहेका अन्य निजी अस्पताल एवं पोलिक्लिनिकहरुको अनुगमन गर्ने क्रममा मापदण्ड पुरा नगरेका १२ वटा निजि अस्पताल तथा पोलीक्लिनिक बन्द गर्न निर्देशन दिएका हुन् ।
बन्द गर्न निर्देशन दिईएको अस्पताल तथा क्लिनिकहरुले मापदण्ड विपरीत अस्पतालमा शैल्यक्रिया, आकस्मिक कक्ष तथा नवजात शिशुको आकस्मिक कक्ष संचालन गरेको पाईएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।
अनुगमनका क्रममा कलैयामा संचालनमा रहेका योगशिला हस्पिटल प्रा.लि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि, कलैया हस्पिटल प्रा.लि , समाज प्रसुति तथा जेनेरल अस्पताल प्रा.लि.लाई मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले बताए ।
यसैगरी राज लक्ष्मी रिलिफ हस्पिटल प्रा.लि, रारा हस्पिटल प्रा लि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक , राम हेल्थ क्लिनिक , कृष्णा डेन्टल क्लिनिक , स्टार डेन्टल क्लिनिक र आशिर्वाद हस्पिटललाई बन्द गर्न निर्देशन दिएको हो, ठाकुरले जानकारी दिए ।