सहकारीमा लागेर नभई लागिपरे मात्रै सफलता मिल्छ : (WFO)का संचालक पाठक

सहकारीमा लागेर नभई लागिपरे मात्रै सफलता मिल्छ : (WFO)का संचालक पाठक

बारा । नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले सहकारीमा लागेर नभई लागिपरे मात्रै सफलता प्राप्त हुने बताउनु भयो । शनिबार बाराको सिमरामा साना किसान कृषि सहकारी संघ लि. बारा, पर्सा र साना किसान विकास लघुवित्त वित्तिय संस्थाले संयूक्त रुपमा आयोजना गरेको आम भेलामा पाठकले सहकारीमा लागिपरे सफलता हात पर्ने बताउनु भएको हो ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनु भएका पाठकले सहकारीमा संचालक एवं सदस्यले पैसा चलाउने हो । पैसाले संचालक र सदस्य चलाउन थाले दुर्घटना हुने हुने बताउनु भयो । ऋणलाई अधिकारको रुपमा नभई आवस्यकता आधारमा आयआर्जनमा प्रयोग गर्नेगरी चलाउन पर्ने उहाँको भनाई थियो ।

विश्व किसान संगठन(WFO)का संचालक एवं साना किसान विकास लघुवित्त वित्तिय संस्थाका अध्यक्ष पाठक सहकारी संस्थाहरु संचालनमा आगामी ३ बर्ष अझै समस्या हुने बताउनु भयो । आर्थिक मन्दिसँगै दुईबर्ष अघिबाट सहकारीमा समस्या आउन थालेको भन्दै उहाँले कठिन परिरस्थीको सामाना गर्न सदस्य केन्द्रित सहकारीहरुले मात्रै सक्ने बताउनु भयो ।

पाठकले पछिल्लो समय ठुल्ठुला कारोबार गर्ने लाखौं सदस्य भएका असंस्य सहकारी बन्द भएको सुनाउँदै किन बिग्रीए सहकारी ? भनेर केही महत्वपूर्ण कम्जोरी बुँदागत रुपमा समेत औंल्याउनु भयो । पाठकले औंल्याउनु भएका सहकारीका कमजोर पक्षहरु यस प्रकार छन् ।

१. सदस्यलाई शिक्षा नदिने सदस्य केन्द्रित नभएर ।
२. परिवारिक सहकारी, परिवारवादका कारण ।
३. अनुत्पादक क्षेत्रमा लगानी गर्नेहरु ।
४. अपारदर्शी ।
५. ठुलो कार्यक्षेत्र भएकाहरु ।
६. आन्तरिक द्वन्द्व ।
७. बढी जान्ने र जान्दै नजान्नेले चलाएका कारण ।
८. सहकारीलाइ कमाइ खाने / ठगी खाने माध्यम बनाउँदा ।
९. नीति विधि विपरित चल्ने र चलाउनेहरुका कारण ।
१०. हिनामिना ।
११. लेखापरिक्षकहरुले कमिकम्जोरीलाई छोपिदिने गर्दा ।
१२. लेखा सुपरिवेक्षण समिति कम्जोर हुँदा ।
१३. निति नियम पालना नगर्र्ने ।
१४. कम्जोर संचालक र कर्मचारी ।
१५. सेवामा बिविधिकरण नगर्ने ।
१६. बनावटी नाफा देखाएर बितरण गर्ने ।
१७. आन्तरिक दण्ड र सजाँय फितलो ।
१८. संचालकले नै धेरै कर्जा लिने र समयमै नतिर्ने गर्दा ।
१९. राम्रो होइन हाम्रोबाट संचालन गर्दा ।

कार्यक्रममा बारा र पर्सा जिल्लामा संचालनमा रहेका २५ वटा साना किसान कृषि सहकारी संस्था लिमिटेडहरुका संचालक,लेखा समिति र कर्मचारीहरु गरी ५ सय ५० जनाको सहभागिता रहेको थियो ।
साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षता, साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा हेटौंडाका प्रमुख भोलानाथ रेग्मीको स्वागत एवं वित्तिय संस्थाका वरिष्ठ सहायक निरजकुमार सिंहको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश