बारा :प्रहरीले ६ किलो अबैध चाँदी बरामद गरेको छ । मंगलबार साँझ प्रहरी चौकी पथलैया बाराबाट प्रहरी सहायक निरिक्षक अमृत मैनालीको कमाण्डमा खटिएको टोलीले वीरगंजबाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसबाट चाँदी बरामद गरेको हो ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा बस रोकी चेक जाँच गर्दा बसको क्याभिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन फेला परेको हो । प्रहरीलाई शंकास्पद लागी खोलेर हेर्दा कार्टुन भित्र लुकाई राखिएको चाँदीका रेडिमेट गहना वरामद भएको हो । बरामद भएको चाँदीका गहनाहरु अनुमानित बजार मुल्य दशलाख अस्सीहजार रहेको छ ।
उक्त चाँदीको आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।