सार्वजनीक जग्गा किर्ते गर्नेलाई अनुसन्धान नगरी किन छाडियो ?

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८१ चैत्र २९, शुक्रबार (२ महिना अघि)
  • १८६ पटक पढिएको
सार्वजनीक जग्गा किर्ते गर्नेलाई अनुसन्धान नगरी किन छाडियो ?

संजय तिवारी कलैया । कलैया उपमहानगरपालिका वडा नं.२६ मा रहेको सार्वजनिक जग्गाको कागज किर्तेगरी लाभ लिने आरोपिलाई बारा प्रहरीले उन्मुक्ती दिन खोजेको आरोप लागेको छ।

वडाका स्थानियहरुले किर्ते मुद्दामा अदालतले ७ दिनको म्याद थपी अनुसंधान गर्न आदेश दिएको व्यक्तिलाई पहुचको आधारमा प्रहरीले एक दिन पनि अनुसंधान नगरी छोडेको आरोप लगाएका हुन।

स्थानिय शशिकान्त प्रसाद यादवले साबिक महेशपुर पंचायत वडा नं.१, किता नं.७ को १४ कट्ठा १० धुर जग्गा आफ्नो मृतक हजुरअमा दुलरिया अहिरिनको नाममा मालपोत कार्यालय बाराका कर्मचारीहरुको मिलेमतोमा किर्ते गरि श्रेष्ता कायम गराएको आरोप छ।

उक्त जग्गा सार्वजनिक जाग्गा रहेको भनी छानबिन गर्न स्थानिय श्यामबाबु प्रसाद यादवले भुमिसुधार तथा मालपोत कार्यालय बारामा उजुरी दिएका थिए। कार्यालयले फागुन २७ गते सो जग्गा सार्वजनिक भएको र मृतक भइर्सकेकी दुलरिया अहिरिनको नाममा किर्ते श्रेष्ता कायम भएको अनुसंधानबाट खुलेको भन्दै उक्त श्रेष्ता खारेज गरेको थियो।

श्रेष्ता खारेज भएपछी सो जग्गा किर्ते गरेर बर्षौदेखी भोग चलन गर्दै आएका शशिकान्त, शम्भु प्रसाद यादव, विनेश यादव, दिनानाथ प्रसाद यादव र विशाल यादवमाथी स्थानिय राजेश प्रसाद यादवले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा बारामा उजुरी दिएका थिए।

बारा प्रहरीले आरोपी शशिकान्तलाई पक्राउगरी चैत २८ गते जिल्ला सरकारी वकिल कार्यालय बाराबाट अनुसंधान गर्न ७ दिनको म्याद पाएको थियो। तर प्रहरीले राजनितिक दवावमा म्याद पाएकै राती शशिकान्तलाई रिहा गरेपछी स्थानियहरुले प्रहरीको अनुसंधानमाथी प्रश्न उठाउन थालेका छन।

वडा नं.२६ का अध्यक्ष धर्मेन्द्र यादवले निज शशिकान्तमाथिको आरोप प्रमाणित गर्ने यथेस्ट प्रमाण हुदाहुदै पनि प्रहरीले अनुसंधान नै नगरी छोड्नु दुर्भाग्यपुर्ण भएको बताएका छन। उनले बारा प्रहरीमाथी राजनितिक दवामा काम गरिरहेको आरोप लगाउदै सार्वजनिक संपत्ती किर्ते गर्नेलाई उम्काउने प्रयास भइरहेको आरोप समेत लगाएका छ्न।

यता जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी बिजय राज पण्डितले आरोपीलाई थुना बाहिर राखेर पनि अनुसंधान गर्न सकिने भन्दै यो कुरालाई ठूलो बनाउन नहुने बताएका छ्न। अदालतले अनुसंधान गर्न ७ दिनको म्याद थपेको व्यक्तिलाई ७ घण्टामै किन छोड्नु भयो भन्ने प्रश्नमा डिएसपी पण्डितले घुमाउरो जवाफ दिदै बाहिर राखेर पनि अनुसंधान गर्न सकिने जवाफ दिए।

शशिकान्तले २०५२ सालमा मृतक भइसकेकी हजुराअमाको नाममा २०७६ सालमा मालपोत कार्यालयको श्रेष्ता नं. ८८२ को सक्कल पन्ना गायब गरि नक्कली पन्ना राखेर कर्मचारीहरुको सहयोगमा १४ कट्ठा १० धुर जग्गाको फर्जी श्रेष्ता कायम गरि भोग चलन गर्दै आएको आरोप रहेको छ।

जबकी कार्यालयको कम्पुटर डाटामा उक्त नम्बरको श्रेष्ता दिपा पण्डितको नाममा रहेको छ। माथीबाट राखिएको ८८२ नम्बरको श्रेष्तामा अक्षर समेत नमिलेको तथा अर्थ मन्त्रालयको लेटर-हेड राखिएको आरोप निवेदकले लगाएका छन।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश